अपाचे अारटीअार राइडर्सले गरे बाइक टुर, काठमाडौंदेखि कुरिनटारसम्म बाइकमा सरर

बिजमाण्डू
२०७३ माघ ११ गते १८:०२ | Jan 24, 2017

काठमाडौं। जगदम्बा मोटर्स प्रालिले टिभीएस अपाचे आरटीआर २००, ४ भि का सुरुका खरिदकर्ताका लागि २ दिने साहसिक यात्रा गरेको छ । कम्पनीले काठमाडौंदेखि रिभरसाइड स्प्रिङ रिसोर्ट कुरिनटारसम्म यात्रा गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

Tata
GBIME
Nepal Life

सुरुका ६० जना खरिदकर्ताका साथै ७० भन्दा बढी मोटरबाइक टिभिएस शोरुम नक्सालबाट र्यालीका रुपमा कुरिनटार सम्म पुगेको हो ।

यात्राका लागि जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवाल तथा बजार प्रमुख विक्रम पौडेलले हरेक चालकलार्इ २० हजार रुपैँया बराबरको रेसिङ गियर वितरण गरे । सहभागीहरुले त्रिशुली नदीमा ह्वाइट वाटर र्याफ्टिङ समेत गरेको बिज्ञप्तिमा उल्लेख छ ।