पशु चिकित्सा परिषद्का पदाधिकारीहरुबाट सपथ ग्रहण, पेशागत दक्षता बढाउन प्रधानमन्त्रीको सुझाव

बिजमाण्डू
२०७३ माघ ११ गते १७:१३ | Jan 24, 2017

काठमाडौं। नेपाल पशु चिकित्सा परिषद्का नवनिर्वाचित पदाधिकारीहरुले आज पशुपन्छी विकास मन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष शपथ ग्रहण गरेका छन् ।

Tata
GBIME
Nepal Life

हालै निर्वाचित दुइजना उपाध्यक्ष र पाँचजना सदस्यहरुले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीको उपस्थितीमा सपथ ग्रहण गरेको परिषद्ले जारी गरेको प्रेस बिज्ञप्तिमा जनाइएको छ ।

निर्वाचनमा उपाध्यक्षमा रामकृष्ण खतिवडा र सुबिर सिंह चयन भएका हुन् भने सदस्यहरुमा सिताराम अर्याल, रेवतीमान श्रेष्ठ, सम्झना काफ्ले पाण्डे, हरिप्रसाद सुवाल, नारायण न्यौपाने, नरेश प्रसाद जोशी र शिशिर भण्डारी  निर्वाचित भएका हुन् ।

अध्यक्ष भने नेपाल सरकारले पशुचिकित्सकहरुमध्येबाट कम्तीमा क श्रेणीका डाक्टरहरुमध्येबाट एकजना अध्यक्ष मनोनयन गर्ने ब्यवस्था छ । यस्तै अन्य दुइजना सदस्यहरु पनि सरकारले नै मनोनयन गर्नेछ ।  परिषद्मा निर्वाचित र पदेन गरी ११ जना भेटेरिनरी डाक्टरहरु रहने ब्यवस्था छ ।परिषद्मा नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष पदेन सदस्य रहने ब्यवस्था छ । यसैगरी नेपाल सरकारले परिषद्को प्रशासनिक प्रमुखको रुपमा दर्तावाल पशु चिकित्सकलार्इ परिषद्को रजिष्ट्रार नियुक्ति गर्ने ब्यवस्था छ ।

सपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्डले भेटेरिनरी डाक्टरहरुलार्इ पेशागत दक्षता, मर्यादा र क्षमता विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव दिए।
नेपालमा पशु चिकित्सा ब्यवसायलार्इ ब्यवस्थित र मर्यादित बनाउनका साथै नेपाल पशु चिकित्सा परिषद् ऐन २०५५ अन्तरगत यो परिषद्को स्थापना भएको हो ।