सेयर बजारमा २५ अंकको पहिरो, सुचक १४ सय ३३ अंकमा ओर्लियो, साढे ३८ करोड रुपैयाँको किनबेच

बिजमाण्डू
२०७३ माघ ११ गते १५:१२ | Jan 24, 2017
सेयर बजारमा २५ अंकको पहिरो, सुचक १४ सय ३३ अंकमा ओर्लियो, साढे ३८ करोड रुपैयाँको किनबेच

काठमाडौं। केही दिनयता स्थिरजस्तो देखिएको सेयर बजार मंगलबार करिव २५ अंकले झरेको छ। कारोबार पनि ४० करोड नाघेको छैन।

Tata
GBIME
Nepal Life

बजार २४.८९ अंकल झरेर १४३३ अंकमा ओर्लिएको छ। दिनभरीमा ३८ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कुल १३० कम्पनीको ८ लाख ५३ हजार ४६० कित्ता सेयर किनबेच भएको छ।

बजारका सबै उपसुचकहरु झरेको छ। बैकिङ २५.९, होटल १२.३२, विकास बैंक २०.१५, जलविद्युत ३०.४४, फाइनान्स १८.४१, बिमा १४०.७४ र अन्य ६.६५ अंकले झरेको छ।

बजारमा सबैभन्दा वढि प्रभु बैकको साधारण सेयरको किनबेच भएको छ। बैकको तीन करोड १८ लाख रुपैयाँको कारोबार भएको हो। यसपछि एसियन लाइफ संस्थापकको दुई करोड ३५ लाख र प्रभु बैंक संस्थापकको एक करोड ५७ लाख रुपैयाँको किनबेच भएको छ।

घटेको बजारमा राष्ट्रिय बिमा कम्पनी संस्थापक र ग्रिन डेभलपमेन्ट बैकका लगानीकर्ताले कमाए। वढि गुमाउनेमा खानीखोला जलविद्युत, लुम्बिनी फाइनान्स लगायत छन्।