आस्वाको सेवा शुल्क महँगो भयो, १० कित्ता सेयर पर्दा लागत ११० रुपैयाँमाथि, बैंकर भन्छन्- स्वभाविक

बिजमाण्डू
२०७३ माघ १० गते ११:४९ | Jan 23, 2017
आस्वाको सेवा शुल्क महँगो भयो, १० कित्ता सेयर पर्दा लागत ११० रुपैयाँमाथि, बैंकर भन्छन्- स्वभाविक

काठमाडौं। आफ्नो खाता भएकै बैंक तथा वित्तीय संस्थामा प्राथमिक सेयरका लागि आवेदन दिँदा लाग्ने शुल्क महँगो भएको गुनासो लगानीकर्ताले गरेका छन्।

Tata
GBIME
Nepal Life

आवेदन दिन सजिलो भएपनि बैंकले लिने सेवा शुल्क महँगो भएकाले सेयर नपर्दा लगानीर्तालाई नोक्शानी नै हुने भएको छ।

अधिवक्ता तथा लगानीकर्ता ज्योति दाहालले आवेदन दिए वापत बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणको निक्षेप चलाउने भएकाले सेवा शुल्क लिन नहुने बताए। 'बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्ताको पैसा कम्तिमा ४० देखि ७५ दिनसम्म मुद्दति निक्षेपजस्तो गरी चलाउन पाउँछन्' उनले भने, 'पैसा चलाए वापत सर्वसाधारणलाई ब्याज दिनु पर्नेमा सेवा शुल्क लिनु अन्यायपूर्ण हो।'

साना कम्पनीको शेयर भर्दा १० कित्ता भन्दा वढि पर्दैन। यस्तोमा एक कित्ताको सेयर मूल्य ११० रुपैयाँभन्दा वढि पर्न जाने लगानीकर्ताको गुनासो हो।

बैंकहरुले १०० रुपैयाँदेखि २५० रुपैयाँसम्म सेवा शुल्क लिन पाउने व्यवस्था धितोपत्र वोर्डले गरिदिएको छ। यस अनुसार अधिकांस बैक तथा वित्तीय संस्थाले १०० रुपैयाँ माथि नै सेवा शुल्क लिन थालेका छन्। सिभिल बैकले भने ५० रुपैयाँमै सेयर आवेदन वुझ्ने व्यवस्था गरेको छ।

बैंकरहरु भने आवेदन वुझ्नका लागि कर्मचारी, स्टेशनरीलगायत अन्य प्रशासनिक खर्च हुने भएकाले सेवा शुल्कलाई सामान्य रुपमा लिनु पर्ने बताउँछन्। 'प्रोसिसङ वापत केही न केही खर्च लागि हाल्छ' सानिमा बैकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले भने, 'त्यसका लागि १०० रुपैयाँ उठाउनु स्वभाविक हो।'