फोर्डका नयाँ मोडलहरुको बुकिङ सुरु, पुरानो साटेर नयाँ लिनेका लागि पनि अफर

बिजमाण्डू
२०७३ माघ १० गते १०:४१ | Jan 23, 2017

काठमाडाैं। नेपालमा फोर्ड गाडीको बिक्री वितरण गर्दै आइरहेको जि ओ अटोमोबाइल्सले सन् २०१७ का लागि नयाँ बुकिङ सुरु गरेको छ। कम्पनीले प्रेस विज्ञप्तिमार्फत सन् २०१७ का लागि फोर्डका नयाँ गाडीहरुको बुकिङ खुला गरेको जनाएको हो ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार सन् २०१६ मा फोर्डका सबै गाडीहरु बिक्री भएको र सन् २०१७ का लागि नयाँ मोडेलका गाडीहरु भित्र्याउन लागेको हो ।

कम्पनीले अघिल्लो वर्ष १४ सय वटा गाडीहरु बेचेको पनि जनाएको छ।  स्किम अनुसार कम्पनीले सन् २०१७ का लागि पुरानो गाडी साटेर नयाँ लिन चाहनेका लागि रिसेल भ्यालू पनि आकर्षक दिने विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१० मा नेपाली बजारमा फोर्ड भित्र्याएको जि ओ अटोमोबाइल्सले ११ वटा विक्री तथा सर्भिस सेन्टरबाट विक्री र मर्मत सेवा दिँदै आएको छ । विश्वप्रख्यात ब्राण्ड फोर्डले कार, ट्रक, भ्यान, विद्युतीय सवारी, का साथै लक्जरी भेहिकल समेत उत्पादन गर्दै आइरहेको छ ।