एनबी बैंकको नाफा ५४ करोड रुपैयाँ, खराव कर्जा घट्यो, नोक्सानी ब्यवस्थापनमा साढे १४ करोड

बिजमाण्डू
२०७३ माघ १० गते १०:१२ | Jan 23, 2017

काठमाडौं। नेपाल बङ्गलादेश (एनबी) बैंकले पुस मसान्तसम्म ५४ करोड ६ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले गत आर्थिक बर्षको यसै अवधिमा ३६ करोड ८५ लाख रुपैयाँ नाफा गरेको थियो।

Tata
GBIME
Nepal Life

चार अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले ७२ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकले पुससम्म ३६ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकसँग सर्वसाधारणको ४१ अर्ब रुपैयाँ निक्षेप छ।

बैंकले केही कर्जामा समस्या आएपछि १४ करोड ५९ लाख रुपैयाँ नोक्सानी व्यवस्थापनका लागि छुट्याएको छ। बैंकको खराव कर्जा घटेर एक प्रतिशतभन्दा तल ओर्लिएको छ।