१० लाख रुपैयाँ बचत गर्दा मासिक आम्दानी १० हजार रुपैयाँ, पैसा बचत गर्दा कस्तो संस्था छान्ने?

बिजमाण्डू
२०७३ माघ १० गते १०:०४ | Jan 23, 2017

काठमाडौं। अहिले १० लाख रुपैयाँ बैंकमा राखे घरै बसेर महिनाको १० हजार रुपैयाँसम्म कमाउन सकिन्छ । पाँच महिना अघिसम्म व्याजको यस्तो कमाइ पाँच हजार रुपैयाँभन्दा बढी हुन्थेन ।

Tata
GBIME
Nepal Life

यस अवधिमा बैंकहरुले सय प्रतिशतसम्म व्याज दर वृद्धि गरेपछि मुद्दति निक्षेपको प्रतिफल बढेको हो। तरलता अभावले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा व्याज बढाएर निक्षेपकर्ता तान्ने होडबाजी चलेको छ। त्यसमा पनि नयाँ र साना बैंक तथा वित्तीय संस्थाहरु व्याज बढाबढमा लागेका छन् ।

कुनै आर्थिक गतिविधिविना निक्षेपको व्याजदर बढ्नुलाई 'जोखिमपूर्ण' मानिन्छ । नेपालको सन्दर्भमा व्याज दर बढ्नुको एकमात्र कारण बैंकिङ क्षेत्रको तरलता अभाव हो । यसले बैंकको कर्जा प्रवाहमै असर पारेको छ ।

५/६ बर्षअघि पनि यसैगरी ब्याज दर बढेको थियो। त्यो बेला आकर्षक ब्याजका लोभमा संस्था नचिनेर पैसा बचत गर्दा धेरै निक्षेपकर्ताको विल्लिवाठ भएको थियो। वढि ब्याजको लोभमा पैसा राखेका संस्थाहरु धमाधम समस्याग्रस्त भएपछि उनीहरुले सर्वसाधारणको निक्षेप फिर्ता गर्न सकेका थिएनन्।

त्यस बेला बचत गरेका नेपाली सेना र कर्मचारी साञ्चय कोषजस्ता संस्थापक निक्षेपकर्ताले अझै आफ्नो पैसा पाइसकेका छैनन्।

आर्थिक गतिविधि नभएको समयमा व्याजदर बढ्नु अप्राकृतिक हुन्छ। त्यसमाथि राष्ट्र बैकले बैकहरुले पछिल्लो समय गरेको लगानी अनुत्पादक क्षेत्रमा भएकाले खराव कर्जा वढ्ने प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंक नै 'अलर्ट' मा बसेका बेला राम्रो संस्था छानेर पैसा जम्मा गर्नु वुद्धिमानि हुन्छ।

हत्तपत्त व्याज नबढाउने केही बैंक पनि पछिल्लो अवधिमा यो प्रतिस्पर्धामा लागेका छन्। 

निक्षेप राख्न बढी व्याज दिने कम्पनी मात्र छान्नु हुँदैन । व्याजसँगै बैंक तथा  वित्तीय कम्पनीले त्रैमासिक रुपमा प्रकाशित गर्ने वासलातमा निम्न शीर्षक हेरेर निक्षेप जम्मा गर्दा जोखिम कम हुन्छ।

 संकलन गरेको  निक्षेपको तुलनामा कम कर्जा प्रवाह गरेका संस्था छान्नु पर्छ।

 निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका संस्था राम्रा मानिन्छन्।

 कर्जाको व्याजसँगै छुट कमिसन र शुल्कलगायत अन्य स्रोतबाट बढी आम्दानी गरेका संस्था खोज्नु पर्छ।

 कर्जामा विविधीकरण भएको र  खुद्रा निक्षेपकर्ता बढी भएको संस्थामा जोखिम कम हुन्छ

 साथै  साचालक तथा व्यवस्थापक विश्वसनीय भएको संस्था खोज्नु पर्छ।