देव बिकास बैंकको हकप्रद आजदेखि खुल्यो, २:१ शेयर अनुपात, म्याद फागुन १५ गतेसम्म

बिजमाण्डू
२०७३ माघ ९ गते १२:४७ | Jan 22, 2017

काठमाडाैं। दोस्रो त्रैमासिकमा १२३ प्रतिशतले मुनाफा कमाएको देव बिकास बैंकको आज देखि हकप्रद खुलेको छ । पौष १८ गतेसम्म दोस्रो बजारबाट खरिद गरेका र साबिक शेयरधनीले हकप्रद भर्न पाउनेछन् ।

Tata
GBIME
Nepal Life

साबिक दुर्इ शेयर भएका शेयरधनीले एक शेयर हकप्रद  पाउनेछन् । आज माघ ९ देखि फाल्गुन १५ गतेसम्म हकप्रद आवेदन दिन सक्ने बैंकले जनाएको छ । हकप्रदको बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

हकप्रद एनआइबिएल क्यापिटल मार्केट, देव बिकास बैंकको केन्द्रीय कार्यालय र सबै शाखा  कार्यालय, नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा कार्यालय पोखरा, बिराटनगर र बिरगंज, गुडविल फाईनान्सको शाखा कार्यालयहरु नेपालगंज र इटहरीबाट आवेदन दिन सकिने एनआइबिएल क्यापिटलले जनाएको छ ।

एक अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले दोश्रो त्रैमासिकसम्ममा ९ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरि ८ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गतबर्ष सोहि अवधिमा ६ अर्ब ८० करोड निक्षेप संकलन गरी ५ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

निक्षेप कर्जा अनुपात ७६.७३ प्रतिशत रहेको बैंकको खराब कर्जा १.७० प्रतिशतमा झरेको छ। कर्जा रकममा भएको वृद्धि र वित्तीय कारोबार बढेपछि ४.७९ प्रतिशत रहेको खराब कर्जा १.७ प्रतिशतमा झरेको हो।

प्रतिशेयर आम्दानी २७.९५ रुपैयाँ, नेटवर्थ १४२.६२ रुपैयाँ रहेको बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ७.३७ गुणा रहेको छ।