फरवार्ड कम्यूनिटी माइक्रोफाईनान्सको प्राथमिक शेयर आजदेखि, आस्वा अनुसार फारम भरिने

बिजमाण्डू
२०७३ माघ ९ गते १०:०८ | Jan 22, 2017

आजदेखी  फरवार्ड कम्यूनिटी माइक्रोफाईनान्सको प्राथमिक शेयर निष्कासन हुदै छ । यहि प्राथमिक शेयर मार्फत नेपालमा पहिलो पल्ट आस्वापनि लागु हुँदैछ । फरवार्ड कम्यूनिटी माइक्रोफाईनान्सले ६ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

Tata
GBIME
Nepal Life

६ लाख कित्ता मध्ये ३० हजार कित्ता कर्मचारीकालागि छुट्याइएको छ भने ३० हजार कित्ता नै सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको पाँच लाख ४० हजार कित्ता सर्वसाधारणको लागि जारी हुनेछ ।

सर्वसाधारणले कम्तिमा ५० कित्ता र बढीमा तीन हजार कित्ता आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। शेयरका लागि माघ ९ गते देखि माघ १२ गतेसम्म ढिलोमा २३ गतेसम्म आवेदन दिन सकिने  छ।

हाल १४ करोड चुक्ता पूँजी भएको  फरवार्ड कम्यूनिटी माइक्रोफाईनान्सको प्राथमिक शेयर निष्कासन पश्चात २० करोड चुक्ता पूँजी पुग्ने छ ।
इक्राबाट फरवार्ड कम्यूनिटी माइक्रोफाईनान्सले चौथो ग्रेड पाएको छ। कम्पनीको शेयर नबिल इनभेस्टमेंट बैंकिंग लिमिटेड मार्फत भर्न पाइने छ ।
धितोपत्र बोर्ड बाट ३४ बैंक वित्तीय स‌ंस्थाले आस्वाको स्वकृति पाएको जनाएको छ ।

३४ बैंक बित्तिय स‌ंस्थाका १७ सय ६१ वटा शाखा मार्फत यो सेवा लिन सकिने पनि बाेर्डले जनाएको छ ।    मुगु र बाजुरा बाहेक सबै जिल्लाबाट यो सेवा उपलब्ध हुनेछ । प्राम्भिक चरणमा भएकोले आस्वा हाल एेच्छिक हुने धितो पत्र बोर्डले जनाएको छ । शेयर आवेदन दिन चाहनेले पुरानै पद्दती अनुसार पनि फारम भर्न पाउने धितोपत्र बोर्डका सह प्रबक्ता निरन्जय घिमिरेले बताएका छन् ।  
  
आस्वका लागि तयारी अवस्थामा रहेको सानिमा बैंकले शेयर आवेदन दिन आउँदा नागरिकता लिएर आउन समेत अनुरोध गरेको छ । सानिमा बैंकमा खाता हुनेले नागरिकता बाहेक केहि पनि साथमा ल्याउनु नपर्ने जनाएको छ । नागरिकता भर्ने ब्यक्तिको पहिचान र फारममा नम्बर पनि उल्लेख गर्नुपर्ने भएकोले गल्ती नहोस् भन्नका लागि मात्र याे अावश्यक भएको पनि बै‌ंकले प्रस्ट परेको छ ।
कस्तो हुन्छ अास्वा फारम तल हेर्नुहोस् ।