चीनमा प्रविधिको चमत्कार, मोवाइलमा गेम खेलेरै केएफसीको खाना देखि स्वास्थ सेवा एवं पढाइसम्म

बिजमाण्डू
२०७३ माघ ८ गते १६:०९ | Jan 21, 2017
चीनमा प्रविधिको चमत्कार, मोवाइलमा गेम खेलेरै केएफसीको खाना देखि स्वास्थ सेवा एवं पढाइसम्म


बेइजिङ । आम सर्वसाधारणमाझ मोबाइलको ‘पोकेमोन गो गेम’को लोकप्रियता चरमचुली तर्फ उकालो लाग्दै गर्दा चीनको टेक्नोलोजी कम्पनी बइदु (चिनियाँ उच्चारण अनुसार पाइतु)को विश्वास भने फरक अवधारणा प्रति थियो। प्रविधिमा आधारित काल्पनिक वास्तविकता (एजुम्ड रियालिटी, एआर) को दुनियाँमा दीर्घकालसम्म टिक्ने माध्यम ‘गेमिङ’ मात्र हुन सक्छ भन्नेमा उसको विश्वास थिएन।
 
इन्टरनेट सर्च इन्जिन अपरेटर बइदु चीनमा गुगल भन्दा दुईगुणाले लोकप्रिय छ। र, दुई बर्ष अघि एजुम्ड रियालिटीबारे अनुसन्धान थालेको कम्पनीले केहि समय अघि मात्र यस क्षेत्रमा सेवा सुरु गरेको छ। कम्पनीले हालै स्थापना गरेको एआर ल्याबमा शिक्षा, स्वास्थ्य, मार्केटिङ देखि पर्यटनसम्मका सेवा प्रदान गरिन्छ। 

Tata
GBIME
Nepal Life


 

यो कम्पनीले विश्वविख्यात ब्राण्ड एलओरल, केएफसी र ल्यानकमसँग एआरमा आधारित विज्ञापनको सम्झौता गरि सकेको छ। जसमा चिनियाँ उपभोक्ताले आफ्नो स्मार्टफोन मार्फत ‘कम्युटर-जेनेरेटेड भर्चुअल प्रडक्ट’सँग अन्तरकृया गर्न सक्नेछन्। 
 
साथै उक्त ल्यावले बेइजिङको ऐतिहासिक स्थानलाई लक्षित गरेर अर्को सूचना पनि तयार गरेको छ। प्रयोगकर्ताले उक्त स्थानका प्राचिन फोटो र भिडियोलाई स्मार्टफोनवाट हेर्न सक्नेछन्। जसमा उनीहरुले आफैं उक्त स्थानमा भ्रमण गरेको अनुभव पाउनेछन्।
 
बइदुको भविश्य अमेरिकामा भन्दा चीनमा धेरै रहेको छ। त्यसका केहि कारण निम्न छन्।
 
मोवाइल एआरको विस्तार
बइदुले चीनमा चलाइने लाखौँ स्मार्टफोन लक्षित गरि एआर एप्लिकेसन विकास गरेको छ। जसमा ग्लास र हेडसेटको आवश्यकता पर्दैन। र, चीन यो प्रविधिलाई चाँडो भन्दा चाँडो विश्वव्यापि रुपमा विस्तार गर्न चाहन्छ।
 
बइदुले एआर अनुभव गर्न सकिने इन्टरनेट सर्च एप, म्याप सर्भिस र इ कमर्स प्रोभाइडर नुओमी पनि बनाएको छ। यी सबै सेवालाई एकमुष्ट हिसाव गर्दा महिनामा एक अर्ब सकृय प्रयोगकर्ताले उपयोग गर्छन्। 
 
एआर इफेक्टसँग सम्वन्धित किबोर्डहरु बइदुको एपमा राखिएको छ, जसले ‘इन्टर्याक्टिभ थ्रिडि रुट’हरुलाई सहजै  देखाइदिन्छ।
 
'बइदुलाई चीनमा एकदमै चाँडो गतिमा विकास गर्दैछौं' कम्पनीका प्रमुख बैज्ञानिक एन्ड्रयु एनजीले फोर्वसँग भनेका छन् 'हामी चाँडै नै बेइजिङमा पत्रकार सम्मेलन गरि एआर एप्लिकेसन र यसको इन्ड युजर एक्सपिरियन्सको वारेमा जानकारी गराउँछौं।' उनले मोवाइल बेस्ड एआर सन् २०१७ को ट्रेन्ड नै हुने दावी गरे।
 
सुरु भयो एआर मार्केटिङ 
केहि क्षणिय हँसाउने कुरा छोड्ने हो भने चीनका टेक कम्पनीहरुले एआरमा आधारित डिजिटल कुपन प्रयोगकर्तालाई इन्सेन्टिभका रुपमा दिन थालिसकेका छन्। 
 
गत डिसेम्वरमा बइदुले 'युम'सँगको सहकार्यमा बेइजिङका ३०० केएफसीका आउटलेटमा एआर स्मार्टफोन गेम सुरु गरेको थियो। उक्त गेममार्फत प्रयोगकर्ताले केहि रेष्टुरेन्टमा खानाका कुपन जित्न सक्ने थिए। कम्पनीका अनुसार उक्त गेम ३ दिनभित्र ४ लाख पटक खेलिएको थियो।
 
बइदुको नयाँ ‘इन्नोभेसन’ पछि अलिबाबा र टेनसेन्टले पनि एआरको वारेमा काम अगाडि बढाएका छन्। उनीहरुले चिनियाँ नयाँ बर्ष लुनार मनाउनका लागि एआर स्मार्टफोन गेम बनाएका थिए। अलिबाबाको गेम अन्तर्गत २० भन्दा धेरै विदेशी ब्राण्डले ४० लाख मूल्य बढिको डिजिटल कुपन उपभोक्तालाई दिइ सकेका छन्।


 

'पोकेमोन गो मा जसरी तत्कालै चिनियाँ एआर प्रयोगकर्ता धेरै हुँदैनन्' कम्पनीका मार्केट फ्रेम रिसर्चर वाङ सिओफेङले भने 'तर, चीनमा प्रविधिसँग सम्वन्धित कम्पनीहरु भने सोचेभन्दा अगाडि बढिरहेका छन् यो खुसिको कुरा हो।'
 
बइदुले भविष्यमा एआरको प्रयोग हुने क्षेत्रमा अरु धेरै लगानी गर्नेछ। शिक्षा, मनोरञ्जन, स्वास्थ्य र पर्यटनमा यसलाई अझ ब्यापक बनाउने उसको तयारी छ। गत बर्ष चीनको हुवेई प्रान्तमा यसले सरकारलाई थ्रिडी इन्टरर्याक्टभ नक्सा बनाउनका एवं पर्यटन क्षेत्र र होटल/हाइकिङ रुटहरुको विकासमा सघाएको थियो।
 
कम्पनीले यो बर्ष अझ धेरै उद्योगमा यसको प्रयोग गर्ने र एआर प्रविधिलाई परिष्कृत गर्दै लैजाने जनाएको छ।