काठमाडौँबाट खुलेको आकाशमा देखिएको गज्जबको दृश्य, गणेश,हिमाचुलीदेखि मनास्लु यसरी खुल्यो

बिजमाण्डू
२०७३ माघ ८ गते ०९:४७ | Jan 21, 2017
काठमाडौं। दुई दिनदेखि काठमाडौँ खुलेको छ। सामान्यतया पानी परेपछि आकाश खुल्ने भए पनि विगत केही दिनदेखि काठमाडौँ उपत्यकामा पानी परेको छैन। र पनि आकाश खुल्को छ र हिमालका गजबका दृश्य काठमाडौँको भिडभाडयुक्त ठाउँहरुबाट देखिएको छ। 

Tata
GBIME
Nepal Life


काठमाडौँबाट सामान्यतया देखिने हिमालहरुमा गणेश हिमाल, हिमालचुली र लाङटाङ पर्छ। गणेश २ हिमाल ७ हजार १५० मिटर उचाइको हिमाल हो भने गणेश ५ हिमाल ६ हजार ९५० मिटर। हिमालचुली ७ हजार ८९३ मिटर अग्लो छ भने लाङटाङ ७ हजार २४६ मिटर। 
 

८ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल पनि काठमाडौँबाट देखिन्छ। काठमाडौँबाट देखिने अन्य हिमालहरुमा दोर्जेलाक्पा, फुर्बी ग्याल्त्सो, गौरीशंकर पर्छन्।