आठ अर्ब पुर्याउन ६ महिना बाँकी हुँदा मेगा बैंकले भित्र्यायो टुरिज्जम, स्वाप डिडिएबाट

बिजमाण्डू
२०७३ माघ ७ गते १४:५३ | Jan 20, 2017

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेड र टुरिज्जम डेभलपमेन्ट बैंक बीच मर्जर सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष  भोजबहादुर शाह र टुरिज्जम डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष प्राडा पुष्पराज कँडेलले  सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरे ।

Tata
GBIME
Nepal Life

सहमति अनुसार मर्जरपछि  बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै रहने मेगा बैंकका  शाहले बताए। शाहका अनुसार शेयर स्वाप रेसियो १००: ९५ तय गरिएको हो। डिडिए प्रतिवेदनका आधारमा स्वाप रेसियोलार्इ अन्तिम रुप दिइनेछ।मर्जरपछि मेगा बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले नै निरन्तरता पाउने सहमति छ।

मेगा बैंकको हालको चुक्ता पुँजी  ४ अर्ब १ करोड रुपैँयाँ, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या ४० तथा ४७ वटा एटिएमहरु रहेको र टुरिज्जम  डेभलपमेन्ट बैंकको हालको चुक्ता पुँजी  ९१ करोड ९७ लाख रुपैँयाँ, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या २३ तथा १२ वटा एटिएमहरु रहेको मेगा बैंकका सिईओ  अनिल केशरी शाहले जानकारी दिए । 

आगामी साधारणसभाले स्वीकृत गरेकोमा मेगा बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७२\७३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजीमा १३.९५% बोनस शेयर जारी गर्ने सिफारिश गरेको पनि उनले बताए । 

टुरिज्जम डेभलपमेन्ट बैंकले हालको चुक्ता पुँजी ९१ करोड ९७ लाख रुपैँयाँमा १८.६०% बोनस शेयर प्रस्ताव गरेको छ । हालै मात्र टुरिज्जम  डेभलपमेन्ट बैंकले मातृभूमि बिकास बैंक र कालिन्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी पुष २४ गतेबाट संयुक्त कारोबार गरिसकेको छ।