काष्ठमण्डप डेभलपमेन्ट बैंकको ६ महिनाको खुद नाफा दश करोडभन्दा बढी, आस्वा सेवा पनि विस्तार

बिजमाण्डू
२०७३ माघ ७ गते १४:२४ | Jan 20, 2017

काठमाडाैं। काष्ठमण्डप डेभलपमेन्ट बैंकले  चालु अार्थिक वर्षको पुससम्ममा दश करोडभन्दा बढी खुद नाफा कमाएको छ । बैंकको  ७ अर्व ८३ करोड निक्षेप तथा  ६ अर्व ४३ करोड कर्जा लगानी भएको  बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यस्तै बैंकले नेपाल धितोपत्र बोर्डबाट  आस्वा प्रणाली अनुरुप सार्वजनिक निष्काशन हुँदाका बखत लगानीकर्ताहरुबाट दरखास्त संकलन तथा त्यस सम्बन्धी काम गर्ने अनुपति प्राप्त गरेको जनाएको  छ ।

Tata
GBIME
Nepal Life

 बैंकका अनुसार धितोपत्र बोर्डले व्यवस्था गरे अनुसार  बैंकको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट अाश्वा सुविधा दिइने छ ।

यस प्रणाली अन्तर्गत धितोपत्र निष्काशन हुँदाको बखत लगानीकर्ताहरुबाट दरखास्त बुझेर लगानीकर्ताहरुको खातामा रकम रोक्का राखि दरखास्तको निस्सा दिईनेछ । धितोपत्र बाँडफाँड भएपछि निवेदनको भागमा परेको रकम बराबर मात्र उक्त खाताहरुमा डेविट गरी बाँकी रकम फुकुवा गरिने पनि बैंकले जनाएको छ ।