फेवा विकास बैंकको ६ महिनाको नाफा साढे २८ करोड, गण्डकीस‌ँग मिसिँदै, मर्जरपछि २५% हकप्रद दिने

बिजमाण्डू
२०७३ माघ ७ गते १३:५९ | Jan 20, 2017

काठमाडाैं। फेवा विकास बैंक लिमिटेडले यस आर्थिक वर्ष २०७३\७४ को दोस्रो त्रैमासमा संचालन मुनाफा गत वर्षको भन्दा ६५ प्रतिशतले बढाएको छ । बैंकले  २८ करोड ५३ लाख  मुनाफा कमाएको विज्ञप्तिमार्फत जनाएको छ  ।

Tata
GBIME
Nepal Life

निक्षेप पनि गत वर्ष सोही अवधिको तुलनामा २० प्रतिशतले बढेको छ । बैंकले निक्षेप  १२ अर्ब ५९ करोड  रुपैँया र कर्जा  ११ अर्ब  १४ करोड रुपैँया पुर्यााएको छ । कर्जा लगानी गत वर्षभन्दा २६ प्रतिशत बढाएको बिज्ञप्तीमा उल्लेख छ । 

बैंकको कर्जा निक्षेप तथा पूँजीकोष अनुपात ७८.१७ प्रतिशत र तरलता अनुपात  २५.६७ प्रतिशत  रहेको बैंकले जनाएको छ । बैंकको निष्कृय कर्जाको मात्रा पनि गत वर्षको तुलनामा अत्यन्तै न्यून रहेको  प्रमुख कार्यकारी अधिकृत  रेशम बहादुर थापाले जानकारी दिए ।

बैंकले आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा  एटिएम बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यास सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि दिँदै अाएको जनाएको छ । बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्ध लघु वित्त कर्जा पनि दिँदै आएको छ ।

पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडसँग मर्जरकालागि नेपाल राष्ट्र बैंकमा निवेदन दिइएकोमा नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पत्र  आइसकेको पनि बैंकले जनाएको छ । 

बैंकका अनुसार दुवै बैंकको साधारणसभाले पनि एक आपसमा मर्ज हुने सम्वन्धी विशेष प्रस्तावलाई समेत सर्वसम्मत पारित गरेको छ । मर्जरपछि कायम हुने चक्तापूँजी  १ अर्व ८४ करोड रुपैँयाको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभाले बैंकको केन्द्रिय कार्यालय  काठमाडौं महानगरपालिमा सार्ने समेत निर्णय गरेको छ । हाल बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा २९ वटा शाखा कार्यालयबाट सेवा दिइरहेको छ ।