शेयर बजार स्थिर, हिमालयन डिस्ट्रिलरीको मूल्य झरेको झर्यै, ३३ करोडको शेयर कारोबार

बिजमाण्डू
२०७३ माघ ६ गते १५:२६ | Jan 19, 2017

काठमाडौं। चार दिन लगातार घटेको शेयर बजार साताको अन्तिम कारोबार भने हरियो भएको छ। नेप्से परिसूचक ०.३२ अंकले बढेर १४६२.५५ अंकमा पुगेको छ।

Tata
GBIME
Nepal Life

दिनभरमा १३१ कम्पनीको तीन हजार १८६ कारोबारबाट ३३ करोड १८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यूनियन फाईनान्स प्रमोटर शेयरको सबैभन्दा बढी रकमको कारोबार भएको थियो। यूनियनको २ करोड ६५ लाख रुपैयाँ बराबरको किनबेच भएको हो। त्यसैगरी प्रभु बैंकको २ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भयो।

राष्ट्रिय बिमा संस्थान कम्पनी लिमिटेडका लगानीकर्ता सबैभन्दा बढी कमाउनेमा रहे। बिमा संस्थानको मूल्य करिब १० प्रतिशतले बढ्यो। त्यसैगरी कर्णाली विकास बैंकको मूल्य ८ प्रतिशतले बढ्यो।

बुधबार सबैभन्दा घटेको हिमालयन डिस्टिलरी लिमिटेडको मूल्य बिहीबार पनि ५.६२ प्रतिशतले घट्यो।

कारोबार भएका ९ उपसूचक मध्य बैंकिंङ र उत्पादनमुलक उपसुचक ओरालो लागे यसैगरी ब्यापारिक, होटल, विकास बैंक, हाइड्रोपावर, वित्तीय, इन्स्योरेन्स र अन्य उपसूचक ओलारो लागे।