अब यसरी पुग्नेछ एसबिअार्इकाे अाठ अर्ब चुक्तापूँजी, एफपिअाे बाँडफाँड पछि हकप्रद निष्कासन

बिजमाण्डू
२०७३ माघ ६ गते १२:४६ | Jan 19, 2017

काठमाडौं। नेपाल एसबिआई बैंकले एनएमबि क्यापिटललाई हकप्रद शेयर निष्कासनका लागी बिक्री प्रबन्धक नियुक्त गरेको छ। एसबिआई बैंकले एफपिओ र बोनस शेयरपछि कायम हुने पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

६७ हजार ७ सय ६८ कित्ता एफपिओ निष्कासन गरेको एसबिआईले २८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ।  बोनस प्रस्ताव बैंकको साधारणसभाबाट पारित हुन बाँकी रहेको छ।

Tata
GBIME
Nepal Life

साधारणासभा र बोनस शेयर प्रयोजनको लागि बैंकले माघ २३ गतेदेखि २७ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। माघ २२ गते सम्म शेयर खरिद गरेका लगानीकर्ताले बोनस शेयर प्राप्त गर्ने छन्।

एफपिओमा लगानी गरेका लगानीकर्ताले बोनस संगै हकप्रद शेयर पनि प्राप्त गर्नेछन्। हकप्रद शेयर एफपिओ पछि निष्कासन हुनेछ। एफपिओ र बोनस पछि  ४ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पूँजी पुग्ने एसबिआईले १ अर्ब ९९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो। हकप्रद पछि बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपैयाँ नाघ्नेछ।

एफपिओ निष्कासन बाटै ५९ करोड रुपैयाँ रिजर्भमा राखेको बैंकले चालुआर्थिक बर्षको असार मसान्तभित्र ८ अर्ब पूँजी पुर्याउन अब करिब १५ प्रतिशत बोनस शेयर दिए पुग्नेछ।