डलर बलियाे बन्दा सुनकाे भाउ अाेरालाे लाग्याे, ताेलामा तीनसय कम, अझै घट्ने अनुमान

बिजमाण्डू
२०७३ माघ ६ गते १२:२१ | Jan 19, 2017

काठमाडाैं। नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज पहेंलाे धातुकाे भाउ ताेलामा तीन सय कम भएकाे हाे । अाज सुन ताेलाकाे ५५ हजार २ सय रुपैँयामा काराेबार भैरहेकाे छ । छापावाल सुनसंगै तेजाबी सुनमा पनि गिरावट आएको छ ।

आज तेजाबी सुन  ५४ हजार नौ सय रुपैँया मूल्य कायम भएको छ ।  चाँदीमा ५ रुपैँया मूल्य घटेको छ । आज सात सय ९५ रुपैँया प्रति तोलामा  चाँदीकाे कारोबार हुने सुनचादी ब्यवसायी महासंघले जनाएको छ ।

Tata
GBIME
Nepal Life

अन्तराष्ट्रिय बजारमा अमेरिकी डलर मजबुत बनेसंगै सुनकाे मूल्यमा दबाब परेको हाे । लगातार बढिरहेको डलरको भाउले सुनलाई अझै  प्रभाव पार्न सक्ने अनुमान सुनचाँदी ब्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

शाक्यका अनुसार अमेरिकी केन्द्रीय बैंककी अध्यक्षकाे हालै सार्वजनिक भएकाे भाषण र मुद्रा स्फिती तथ्याङ्कले ब्याजदर बढाउने अनुमान लगानीकर्ताले गर्न थालेपछि मुद्रा डालोमा आबद्ध प्रमुख सूचकमध्ये डलर बढेको हो । अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा आएको गिरावटले नेपाली बजारमा मूल्य घटेको शाक्यको ठम्याइ छ ।