देव विकास बैंकले नाफा १२३ प्रतिशतले बढायो, ब्याज आम्दानीमा छलाङ, खराव कर्जा घट्यो

बिजमाण्डू
२०७३ माघ ६ गते ११:२० | Jan 19, 2017

काठमाडौं। देव: विकास बैंक लिमिटेडले पुस मसान्तसम्म १४ करोड ३ लाख रुपैयाँ खुद नाफा गरेको छ। बैंकले गत आर्थिक बर्षको यहि अवधिमा ५ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो। गत बर्ष भन्दा २२.७८ प्रतिशत पूँजी वृद्धि गरेको बैंकले खुद नाफा १२३ प्रतिशतले बढाएको हो।

Tata
GBIME
Nepal Life

एक अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले दोश्रो त्रैमासिकसम्ममा ९ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरि ८ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गतबर्ष सोहि अबधिमा ६ अर्ब ८० करोड निक्षेप संकलन गरी ५ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

ब्याज आम्दानी २६ करोड रुपैयाँ गरेको बैंकले गत बर्ष दोश्रो त्रैमासिक सम्ममा १५ करोड ३६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

निक्षेप कर्जा अनुपात ७६.७३ प्रतिशत रहेको बैंकको खराब कर्जा १.७० प्रतिशतमा झरेको छ। कर्जा रकममा भएको वृद्धि र वित्तीय कारोबार बढेपछि ४.७९ प्रतिशत रहेको खराब कर्जा १.७ प्रतिशतमा झरेको हो।

प्रतिशेयर आम्दानी २७.९५ रुपैयाँ, नेटवर्थ १४२.६२ रुपैयाँ रहेको बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ७.३७ गुणा रहेको छ।