बैंकहरुले शक्ति केन्द्र धाएर राष्ट्र बैकलाई दवाव दिएको आरोप, निउँ खोज्ने काम मात्र भयो

बिजमाण्डू
२०७३ माघ ५ गते १५:२० | Jan 18, 2017
बैंकहरुले शक्ति केन्द्र धाएर राष्ट्र बैकलाई दवाव दिएको आरोप, निउँ खोज्ने काम मात्र भयो

काठमाडौं। बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको टोलीले शक्ति केन्द्र धाएर अनावश्यक दवा सृजना गरेको भन्दै राष्ट्र बैक रुष्ट बनेको छ।

Tata
GBIME
Nepal Life

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भएको भन्दै त्यसका लागि आवश्यक पहल गरिदिन बैंकका सिइओहरुको टोलीले शक्ति केन्द्रमार्फत दवाव दिएको राष्ट्र बैकका उच्च अधिकारीहरुले बताए।

शक्ति केन्द्र मार्फत आएका कतिपय दवावहरु थेग्न नसक्दा तरलता अभाव नहुँदा नहुँदै पनि पैसा उपलब्ध गराउन राष्ट्र बैंक वाध्य भएको ती अधिकारीहरुले बताए।

'शक्ति केन्द्रहरु धाएर राष्ट्र बैकलाई अनावश्यक दवाव दिने काम भएको छ' ती अधिकारीले भने, 'दवाव चर्को भएपछि लु केही गरिदिम्न त भनेर पैसा दिँदा यो भएन र त्यो भएन भन्दै हल्ला गरेर राष्ट्र बैकमाथि ‍औंला उठाउने काम भइरहेको छ।'

बाणिज्य बैकहरुको छाता संगठन नेपाल बैकर्स संघले औपचारिक रुपमा अर्थमन्त्री कृष्णवहादुर महरालाई भेटेर तरलताको प्रबन्ध मिलाइ दिन भनेका थिए। उनीहरुले सरकारले खर्च गर्न नसक्ने हो भने राष्ट्र बैकमार्फत तरलता उपलब्ध गराइ दिन लबिङ गरेको केन्द्रीय बैकका अधिकारीहरुको आरोप छ।

बैकरहरुको टोलीले अनौपचारिक रुपमा कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण  महतलाई भेटेर राष्ट्र बैकलाई तरलता प्रवाह गर्न पहल गरिदिन आग्रह गरेका थिए। यसवाहेक अन्य पार्टीका नेतालाई भेटेर राष्ट्र बैकमाथि दवाव वढाएको केन्द्रीय बैक स्रोतले बतायो।

बैंकरले भने आफ्नो तर्पबाट दवावका लागि शक्ति केन्द्र नधाएको बताएका छन्। संघको नयाँ कार्यसमिति आएपछि औपचारिकताका लागि गभर्नरलाई मेट्न जाँदा तरलता प्रवाहका लागि आग्रह गरिएको एक बैकरले बताए।

'गभर्नर सावलाई तरलताका बारेमा कुरा गर्दा उहाँले नै  एक पटक अर्थमन्त्रीलाई पनि भेट्नुस भन्नु भएको थियो' ती बैकरले भने, 'गभर्नरले भनेपछि अर्थमन्त्रीलाई भेटेर तरलताको कुरा गरिएको हो। अरु शक्ति केन्द्र हामीले धाएका छैनौं।'

राष्ट्र बैंकसँग तरलताको विषयमा बैकरहरुले 'मधेसी मोर्चा' ले जस्तो निउँ खोजेको केन्द्रीय बैकका एक अधिकारीले बताए। 'यसो गर्दा पनि छैन उसो गर्दा पनि छैन' ती अधिकारीले भने, 'मधेसी मोर्चाजस्तो माग पुरा गर्दा पनि निउँ खोजिरहने काम भयो।'