सिटिजन्स र एनआइसी एसियाले नाफा बढाए, डुबेको ऋण उठेर नाफामा योगदान, खराव कर्जा घट्यो

बिजमाण्डू
२०७३ माघ ५ गते १०:०५ | Jan 18, 2017

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल र एनआइसी एसिया बैकले नाफा बढाएका छन्। सिटिजन्सले ६३ करोड १६ लाख रुपैयाँ नाफा गरेको छ भने एनआइसीले ७२ करोड १४ लाख रुपैयाँ कमाएको छ।

Tata
GBIME
Nepal Life

सिटिजन्सको गत बर्षको पुससम्म नाफा ४१ करोड ८४ लाख रुपैयाँ थियो। एनआइसी एसियाको ५० करोड २० लाख रुपैयाँ थियो।

सिटिजन्सले करिव ७० करोड रुपैयाँ डुबेको ऋणमध्ये राइट ब्याक गरेको छ। बैंकको खराव कर्जा पनि घटेको छ। बैंकसँग सर्वसाधारणको ५२ अर्ब ७४ करोड निक्षेप र ४६ अर्ब ७८ करोड कर्जा लगानी छ।

यसैगरी एनआइसीले ३३ करोड हाराहारी डुबेको ऋण उठाएको छ। बैंकसँग सर्वसाधारणको ७९ अर्ब निक्षेप र साढे ६६ अर्ब हाराहारी कर्जा लगानी छ।