कारोबार खुलेदेखि किन घटिरहेको छ प्रभु बैंकको सेयर मूल्य? २० प्रतिशतले झरिसक्यो मूल्य

बिजमाण्डू
२०७३ माघ ४ गते १५:३६ | Jan 17, 2017

काठमाडौं। प्रभु बैक सेयर कारोबार खुलेदेखि नै मूल्य झरिरहेको छ। आइतबार र सोमबार १० प्रतिशत हाराहारीले झरेको मूल्य तेस्रो दिन मंगलबार भने केही कम घटेको छ।

Tata
GBIME
Nepal Life

प्रभु बैकको संस्थापक सेयर मूल्य पनि झरेर कारोबार भएको थियो। मंगलबार साधारण सेयर ३.३७ प्रतिशतले झरेर मूल्य ३४४ रुपैयाँ प्रति कित्तामा आएको छ।

किन झर्यो प्रभु बैकको सेयर मूल्य?

सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले सेयर बजार नै झरिरहेका बेला प्रभु बैकको पनि सेयर मूल्य घटेको बताए।

बैंकको मंगलबार मूल्य १२ रुपैयाँले झरेको छ। दिनभरीमा दुई लाख तीन हजार ७६१ कित्ता सात करोड चार लाख २९ हजार १९१ रुपैयाँमा किनबेच भएको छ। हिजो र अस्ती बैंकको सेयर बेच्नेहरु धेरै थिए। आज भने किन्ने लगानीकर्ता पनि प्रशस्त आएका थिए।

प्रभु बैकले ग्राण्ड विलय गरेपछि तत्कालिन प्रभुतर्फको मात्र कारोबार खुलेको थियो। एक दिन कारोबार भएपछि धितोपत्र वोर्डले किनबेचमा रोक लगाएको थियो। राष्ट्र बैकले एक महिना अगाडि तत्कालिन ग्राण्डतिरको पनि सेयर कारोबार फुकुवा गरिदिएपछि एकिकृत कारोबार सुरु गरेको प्रभुको सबै कारोबार आइतबारबाट सुरु भएको हो।