डिम्याट खाता नभइ अब आइपिओ भर्न नपाइने, ७३ जिल्लामा आस्वा, डिम्याट भने ६० जिल्लामा मात्रै

बिजमाण्डू
२०७३ माघ ४ गते १५:११ | Jan 17, 2017

काठमाडौं। अबदेखि साधारण सेयरमा आवेदन दिन पनि डिम्याट खाता अनिवार्य चाहिने भएको छ। अहिलेसम्म ऐच्छिक रहेको डिम्याट खाता माघ १ गतेबाट अनिवार्य भएको हो। माघ ९ गतेबाट जारि हुने फरवार्ड माइक्रोफाइनान्समा सेयर भर्नलाई डिम्याट अनिवार्य चाहिन्छ।

Tata
GBIME
Nepal Life

डिम्याट खातामा खोल्न वढिमा एक दिन लाग्छ। डिम्याट खोल्नका लागि सबैभन्दा पहिले बैकमा खाता खोल्नु पर्छ। बैकमा पनि एकै दिनमा खाता खुल्छ।

बैकमा खाता खोल्न दुई प्रति पासपोर्ट साइजको फोटो र नागरिकताको प्रतिलिपी चाहिन्छ। बैंकहरुले 'केवाइसी' पनि भराउँछन्। त्यसपछि खाता खुल्छ।

बैंकमा खाता खोलेपछि तपाईले डिम्याट खाता खोल्न सक्नु हुन्छ। सेयरको राफसाफ गराउन केन्द्रीय निक्षेप प्राणाली (सिडिएस) को काम गर्न सिडिएससी कम्पनी खुलेको छ। त्यो कम्पनीबाट निक्षेप सदस्यता लिएका बैक तथा वित्तीय संस्था र ब्रोकरहरुले डिम्याट खाता खोलिदिन्छन्।

खाता खोल्नका लागि नागरिकताको प्रतिलिपी र दुई प्रति पासपोर्ट साइजको फोटो चाहिन्छ। त्यसपछि उनीहरुले खाता नम्बर दिन्छन्। यो खाता नम्बर सेयरको आवेदन फारममा भर्नु पर्छ।

बोर्डले गत फागुन २८ गते निर्णय गर्दै माघ १ बाट साधारण सेयरमा पनि डिम्याट खाता अनिवार्य गरेको हो। जलविद्युत कम्पनीहरुले प्रभावितलाई निस्कासन गर्ने सेयरमा भने डिम्याट अनिवार्य छैन।

कस्तो छ बोर्डको तयारी?
पुस मसान्तसम्म धितोपत्र बोर्ड र सिडीएसबाट डिम्याट खाता खोल्ने अधिकार ६० संस्थाले पाएका छन्।

पुस मसान्तसम्म सिडीएसबाट ३१ ब्रोकर कम्पनी, १४ बाणिज्य बैंक, १२ क्यापिटल/मर्चेन्ट बैंकर, एउटा विकास बैंक, एउटा फाईनान्स कम्पनी र एउटा डीपी एण्ड क्लियरिङ लिमिटेड कम्पनीले अनुमती पाएका छन्।

दुई फाईनान्स र चार ब्रोकर कम्पनी पाइपलाइनमा छन्। अहिलेसम्म ६० जिल्लामा डिम्याट खाता खोल्ने सेवा पुगिसकेको छ। ८ वाणिज्य बैकहरुले शाखा कार्यालयबाट पनि डिम्याट खाता खोल्ने सेवा दिइरहेका छन्।

एनएमबि, सिद्धार्थ, एनआईसी एसिया, एभरेष्ट, सिभिल, ग्लोबल आईएमइ, बैंक अफ काठमाडौं लुम्बिनी र नेपाल इन्भेस्टमेन्ट बैंकका ४५२ शाखा कार्यालयले पनि डिम्याट खाता खोलिदिन्छन्। आस्वाको सेवा भने ७३ जिल्लामा पुगेको छ।