रामपूर महाेत्सवकाे राैनक, एक लाखले हेरे मेला, साढे ५ कराेडकाे काराेबार

रासस
२०७३ माघ ४ गते १३:५६ | Jan 17, 2017

रामपुर (पाल्पा)। प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा  पाँच करोड ६५ लाख रूपैँया बराबरको कारोबार भएको छ ।

Tata
GBIME
Nepal Life

गत पुस २७ गतेदेखि सञ्चालन भएको मेलाको छैटौँ दिन सोमबारसम्म एक लाख दर्शकले मेला अवलोकन गरेका छन् । मेलामा अहिलेसम्म व्यापारिक कक्षबाट पाँच करोड २५ लाख, बाल उद्यान र होटेल तथा रेष्टुरेन्टबाट २०\२० लाख रूपैँया बराबरको आम्दानी भएको प्रचारप्रसार उपसमितिका सहसंयोजक छवि खनालले जानकारी दिए।

मेला अवधिभर १० करोड रूपैँया बराबरको कारोबार तथा दुई लाख दर्शक भित्र्याउने लक्ष्य लिएको मूल आयोजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए । मेलामा २ सय व्यापारिक कक्ष, २६ वटा होटल तथा रेष्टुरेन्ट, चारवटा अटोमोबाइल्स र एउटा फोटो प्रदर्शनी रहेको छ ।

सोमबारबाट प्यारामोटर र हेलिकप्टर उडान सेवा सुरु गरिएपछि दर्शकको आकर्षण बढेको छ । मेलामा अस्ट्रिज चरा, उँट, रोटेपिङ, चर्खेपिङ, झुला, मौतका कुवा, फुच्चे रेल, ड्रागन रेल, फोटो र भिडियो प्रदर्शनी रहेको छ ।
दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति, स्थानीय कला संस्कृतिले मेलाको रौनकता बढाएको छ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको मेला यही माघ ८ गतेसम्म चल्नेछ ।