ऋण दिन मिल्ने गरी ४० अर्ब रुपैयाँ बैंकलाई राष्ट्र बैकको तरलता उपहार, ब्याज दर प्रतिस्पर्धाबाट

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७३ माघ ४ गते ११:०८ | Jan 17, 2017
ऋण दिन मिल्ने गरी ४० अर्ब रुपैयाँ बैंकलाई राष्ट्र बैकको तरलता उपहार, ब्याज दर प्रतिस्पर्धाबाट


काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी गर्नसमेत मिल्ने गरी तरलता उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता उपलब्ध गराउन लागेको हो।

Tata
GBIME
Nepal Life

बैंकहरुले राष्ट्र बैंकबाट लिएको पैसा कम्तिमा जेठ १५ देखि बढिमा असार २९ गतेसम्म प्रयोग गर्न पाउँछन्।

राष्ट्र बैंकले बैंकहरुको अभाव कम गर्का लागि ४० अर्ब रुपैयाँ बराबरको 'आउट राइट पर्चेज' गर्न लागेको जानकारी राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक त्रिलोचन पङ्गेनीले दिए।

राष्ट्र बैंकले गत जेठ १६ देखि असार ३० सम्म ६ पटक गरि करिव ५० अर्ब रुपैयाँ बराबरको 'राष्ट्र बैंक ऋणपत्र' जारि गरेको थियो। यो ऋणपत्र बैक तथा वित्तीय संस्थाहरुले किनेका थिए। उनीहरुले किनेको ऋणपत्र राष्ट्र बैंकले इ्च्छुक बैंकहरुलाई बेच्नका लागि प्रस्ताव गरेको हो।

राष्ट्र बैंकले जेठ १६ गते १० अर्ब रुपैयाँ, असार १२  गते १० अर्ब रुपैयाँ,  असार २२ गते १० अर्ब रुपैयाँ,  असार २६ गते १० अर्ब रुपैयाँ,  असार २९ गते १२ अर्ब ७९ करोड रुपैयाँ र असार ३० गते ३ अर्ब ९६ करोड रुपैयाँको ऋणपत्र जारि गरेको थियो।

राष्ट्र बैकले वोलकवोलको आधारमा ब्याज दर निर्धारण गर्ने छ। 'बजारमा ४० अर्ब रुपैयाँ छाड्दा अल्पकालिन ब्याज दरलाई आधार मानिने छ' राष्ट्र बैक अनुसन्धान विभागका कार्यकारी निर्देशन नरवहादुर थापाले भने, 'बैंकहरुले आपसमा गर्ने सात दिनको सापटी अवधिमा कायम ब्याज दरका आधारमा प्रतिस्पर्धा गर्नु पर्छ।'

उनले राष्ट्र बैंकसँग चलेको ब्याज दरभन्दा कम राखेर वोलकवोल गरेमा प्रकृया खारेजसमेत हुन सक्ने जानकारी दिए। अहिले अन्तर बैक कारोबार चार प्रतिशतको हाराहारीमा भएको छ।

राष्ट्र बैकले बिचमा दुई हप्ताका लागि उपलब्ध गराएको रिपोले बैंकहरुको तरलता अभाव संवोधन नभएको गुनासो बैकहरुले गरेका थिए। रिपोको रकम ऋण लगानी गर्न नपाइने भएकाले त्यसमा उनीहरुले चासो पनि राखेनन्।

बैंकहरुले ऋण लगानी गर्न मिल्ने गरी तरलता माग गरेका थिए। बैकहरुको मागलाई संवोधन गर्ने गरि राष्ट्र बैकले ४० अर्ब रुपैयाँ उपलब्ध गराउन लागेको हो। यो रकम कर्जा लगानीमा प्रयोग गर्न पाइन्छ।

४० अर्ब रुपैयाँ प्रवाह गरेपछि बढिरहेको ब्याज दरमा केही गिरावट आउने अनुमान गरिएको छ। बैकहरुले संस्थागत निक्षेपकर्ताहरुलाई साढे १२ प्रतिशतसम्म ब्याज दिन थालेका थिए।