न्यादी जलविद्युत अायोजनाको ठेक्का चिनियाँ कम्पनीलार्इ, ३ बर्षभित्रै बनाउने जिम्मा

बिजमाण्डू
२०७३ माघ ३ गते १७:५० | Jan 16, 2017
न्यादी जलविद्युत अायोजनाको ठेक्का चिनियाँ कम्पनीलार्इ, ३ बर्षभित्रै बनाउने जिम्मा

काठमाडाैं। ३० मेगावाटकाे न्यादी जलविद्युत अायाेजनाकाे निर्माणका लागि न्यादी हाइड्राेपावर लिमिटेड र  चिनियाँ कम्पनी चचियाङ हाइड्राेपावर कन्सट्रक्सन एण्ड इन्स्टलेशन कम्पनीबीच अाज ठेक्का सम्झाैता भएकाे छ ।

Tata
GBIME
Nepal Life

हाइड्राेपावर कम्पनीले अाज प्रेस विज्ञप्तीमार्फत इपिसी ढाँचामा ठेक्का सम्झाैता भएकाे जनाएकाे हाे । चिनियाँ कम्पनीले अायाेजनाकाे सिभिल, हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल कामहरूकाे ठेक्का पाएकाे हाे । सम्झौतामा कम्पनीका तर्फवाट अध्यक्ष राजिव राजभण्डारी तथा ठेकेदारका तर्फबाट अध्यक्ष  लिऊ कोेछिङ्गले हस्ताक्षर गरे ।

आयोजनाको निर्माण कार्य अागामी फेब्रुअरीदेखि शुरु हुने विज्ञप्तीमा उल्लेख छ । अायाेजनाकाे  निर्माण अवधि ३८ महिनाकाे हुने बताइएकाे छ । कम्पनीका अनुसार आयोजना सन् २०२० काे अप्रिल महिनाभित्रै सम्पन्न भई संचालनमा आउनेछ।

न्यादी हाइड्रोपावर लि बुटवल पावर कम्पनी लि. र लमजुङ विद्युत विकास कम्पनीको संयुक्त लगानीको कम्पनी हो । यसमा आयोजना प्रभावित स्थानीय जनता तथा सर्वसाधारणहरुलाई समेत शेयर जारी गरिने बताइएकाे छ ।

आयोजनामा  एभरेष्ट बैंकको नेतृत्वमा तथा नविल बैंकतथा ग्लोवल आईएमई बैंकको सहनेतृत्वमा एवं हिमालयन बैंक, सनराईज बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी को सहभागिताको सहवित्तियकरण समुहले ऋण लगानी गर्ने पनि बिज्ञप्तीमा उल्लेख छ ।
आयोजनाको लागि जग्गा खरिदको कार्य, पहुँच मार्गको निर्माण, विद्युत खरिद बिक्री सम्झौता, सुपरीवेक्षण परामर्शदाताको नियुक्ति र वित्तिय व्यवस्थापनको काम भैसकेकाे छ ।