नेपाल लाइफको रिफन्डबाट स्ट्यान्डर्ड चार्टर्डको एफपिओ भर्न पाइएला? दुई लाख आवेदक पुग्ने अनुमान

बिजमाण्डू
२०७३ माघ ३ गते १४:०२ | Jan 16, 2017

काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको एफपिओमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रिफण्डबाट लगानी गर्न पाइएला ?  लगानीकर्ताको जिज्ञासाबाट बढेको छ।

Tata
GBIME
Nepal Life

ऋणपान र आफ्नो बचतबाट नेपाल लाइफको एफपिओमा लगानी गरेकाहरु चार्टर्डको सेयरमा त्यही पैसाबाट लगानी गर्न पाइएला कि नपाइएला भन्ने हिसावकितावमा लागेका छन्।

नेपाल लाइफले ५० दिनभित्र सेयर वाँडफाँड गरेमा त्यसको रिफण्डबाट चार्टर्डको सेयरमा पैसा हाल्न लगानीकर्ताले भ्याउने देखिएको छ।

चार्टर्डले एफपिओ निस्कासन गर्ने घोषणा गरेपनि अहिलेसम्म धितोपत्र वोर्डमा स्वीकृतिका लागि आवेदन दिएको छैन। उसले आइतबार मात्रै बिक्री प्रबन्धक नियुक्त गरेको छ।

नेपाल लाइफको एफपिओमा अहिलेसम्म १० गुणा बढि आवेदन परेको छ। एक लाखभन्दा कम आवेदन परे ४० कार्यदिनमा सेयर वाँडफाँड गर्नु पर्छ। पछिल्लो तथ्यांक अनुसार आवेदन संख्या एक लाख नाघेको छ। अझै ३५ वटा संकलन केन्द्रको तथ्यांक आउनै बाँकी छ। सबै तथ्यांक आइसक्दा आवेदन संख्या  दुई लाख पुग्ने सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैकिङ प्रमुख सुजनवावु अधिकारीले जानकारी दिए।

एक लाखदेखि २ लाखसम्म आवेदन परे ५० दिनभित्र, २ देखि ३ लाख परे ६० दिन र ३ लाख भन्दा बढी आबेदन परेमा ७० दिनभित्र वाँडफाँड गरिसक्नु पर्छ। बिक्री प्रबन्धको अनुमान अनुसार ५० कार्यदिनभित्र वाँडफाँड हुनसक्छ। वाँडफाँड भएको पाँच कार्यदिनभित्र पैसा रिफन्ड हुन्छ।

स्ट्यान्डर्ड चार्टर्ड अहिलेसम्म धितोपत्र वोर्डमा स्वीकृतिका लागि गएको छैन। उसको बिक्री प्रबन्धक एनएमबी क्यापिटले स्वीकृतिका लागि जानु पूर्व तयारी गर्छ। त्यसका लागि करिव सात दिन लाग्छ।

धितोपत्र वोर्डमा आवेदन दिइसकेपछि त्यहाँ आवश्यक अध्ययन हुन्छ। बैंकले १०० रुपैयाँ अंकित दरको सेयरमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता १२ सय ९० रुपैयाँ एफपिओ मूल्य प्रस्ताडव गरेको छ।

वोर्डले सबैभन्दा पहिले एफपिओ मूल्य निर्धारण समितिले दिएको सुझाव अनुसार मूल्यका बारेमा अध्ययन गर्छ। त्यसपछि उसले स्वीकृतिको प्रकृया सुरु गर्छ। यसका लागि वढिमा एक महिनासम्म लाग्न सक्छ। यसपछि कम्पनी रजिष्ट्रार कार्यालयमा पनि केही दिन लाग्छ।

वोर्डले स्वीकृति दिएको १५ कार्य दिनभित्र बैंकले एफपिओ जारि गर्नु पर्छ। यस हिसावले बैंकलाई एफपिओ जारि गर्न कम्तिमा ५५ देखि ६० दिन लाग्छ।