पोल्ट्री महासंघको अध्यक्षमा विष्ट चयन, पोल्ट्री व्यवसायको विकासमा लाग्ने प्रतिवद्धता

बिजमाण्डू
२०७३ माघ ३ गते ०९:४६ | Jan 16, 2017
काठमाडौं।नेपाल पोल्ट्री महासंघको अध्यक्षमा गुणचन्द्र विष्ट निर्विरोध चयन भएका छन्।महासंघको तेस्रो साधारणसभाबाट उनी निर्विरोध चयन भएका हुन्।२०६८ मा स्थापना भएको महासंघमा ५६ जना सदस्य छन्।

Tata
GBIME
Nepal Life

महासंघका उपाध्यक्षमा नारायणहरि खत्री,टिकाराम पोखरेल र अर्जुनकुमार अर्याल चयन भएका छन्।महासंघको महासचिव,सचिव र कोषाध्यक्षमा क्रमशः दिनेशराज मिश्र, शिवराम केसी र बाबुराजा रावल चयन भएका छन्।

महासंघको सदस्यहरुमा डा. रुपेन्द्र चौलागार्इँ,चन्द्रमान श्रेष्ठ,डा. तिलचन्द्र भट्टरार्इ,जंगबहादुर बेल्वासे,तेजनारायण पाण्डे,उमेशचन्द्र सापकोटा,सुरज वैद्य,राजेन्द्र लामिछाने,जयकृष्ण सापकोटा,रामलाल भुसाल,तरुण राजवन्त,कृष्णहरि लोहनी र रविन्द्रराज सिपखान चयन भएका छन्।

महासंघका नवनिर्वाचित अध्यक्ष विष्टले आत्मनिर्भरतातर्फ अगाडी बढेको पोल्ट्री क्षेत्रको विकासमा लाग्ने बताउँदै सरकारसँग सहकार्य गरेर नीतिगत सहजताको प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे।