नेपाल वायु सेवा निगमको संचालक समितिले अमेरिकी कम्पनीसँग जहाज किन्न सहमति दियो

बिजमाण्डू
२०७३ माघ २ गते १९:५३ | Jan 15, 2017
नेपाल वायु सेवा निगमको संचालक समितिले अमेरिकी कम्पनीसँग जहाज किन्न सहमति दियो
काठमाडौं। नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेशनसँग जहाज खरीद गर्ने पक्का भएको छ। निगमको शनिवार बसेको सञ्चालक समितिको बैठकले जहाज किन्ने प्रस्तावालार्इ पारित गरेपछि नयाँ जहाज किन्ने पक्का भएको हो।

Tata
GBIME
Nepal Life

निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले प्राविधिक समितिको सिफारिस अनुमोदन गरेपछि जहाज खरीदको बाटो खुलेको बताए।यो अनुमोदनपछि निगमले अमेरिकी कम्पनी एएआरसँग एयरबसका दुईवटा वाइडबडी जहाज ‘ए ३३०-२००' किन्ने पक्का भएको हो।

निगमले गत असोजमा गरेको टेन्डरमा सबैभन्दा सस्तो र चाँडो जहाज उपलब्ध गराउने प्रस्ताव यही कम्पनीले गरेको थियो। यो कम्पनीले करिब ११ अर्ब २८ करोड रुपैयाँमा जहाज बिक्रीको प्रस्ताव गरेको थियो। कम्पनीले चैत भित्रै जहाज उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ। नयाँ वर्षमा नयाँ जहाज आउनेछ।
 

निगमले हजार घण्टासम्म उडेको सेकेन्डह्याण्ड जहाजका लागि प्रस्ताव माग गरेको थियो। तर एएआरले ब्राण्ड न्यू जहाजनै दिने भएको हो। पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाइले एयरवससँग खरीद अर्डर गरेपनि ऋणका कारण जहाज किन्न नसक्ने भएपछि एएआरले सकारेर निगमलाई बेच्न लागेको कंसाकारले जानकारी दिए। 
 
निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी जहाज खरिदकालागि आह्वान गरेको टेण्डरमा १० वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए। ती मध्ये एएआरले सवैभन्दा कम रकमको प्रस्ताव पेश गरेको थियो। 
 
निगमले दुईवटा जहाजलाई २५ अर्ब रुपैयाँसम्म पर्ने अनुमान गरेको थियो।निगमले २०७४ को दशैंसम्ममा जहाज भित्र्याउने लक्ष्य लिएको थियो। तर लक्ष्यभन्दा करिब छ महिना चाँडो र साढे दुर्इ अर्ब सस्तोमा जहाज आउने निश्चित भएको कंशाकारले बताए।