जहाँ अझै पनि एक रुपैयाँमा पाइन्छ एक लिटर पेट्रोल, सस्तो पेट्रोल पाउने पाँच र महँगा पाँच देश

बिजमाण्डू
२०७३ माघ २ गते १०:२५ | Jan 15, 2017
जहाँ अझै पनि एक रुपैयाँमा पाइन्छ एक लिटर पेट्रोल, सस्तो पेट्रोल पाउने पाँच र महँगा पाँच देश

काठमाडौंमा अहिले प्रतिलिटर पेट्रोलको मूल्य एक सय एक रुपैयाँ ५० पैसा छ। नेपालको तुलनामा छिमेकी मुलुक भारतमा समेत पेट्रोलको मूल्य महँगो छ।
 
तर केही यस्ता देश पनि छन्, जहाँ पेट्रोलको मूल्य नेपालमा भन्दा कैयौं गुणा कम छ।
 
विश्वको एउटा देश यस्तो पनि छ। जहाँ पेट्रोल एक रुपैयाँको हाराहारीमा पाइन्छ।
 
विश्वमा पेट्रोलको मूल्य त्यहाँका विभिन्न स्थानीय कर तथा ती देशमा सरकारले दिन अनुदानको आधारमा तय गरिन्छ। यसबाहेक अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले पनि पेट्रोलको मूल्य निर्धारण गर्छ।
 
विश्वका पाँच देश जहाँ सबैभन्दा सस्तोमा पेट्रोल पाइन्छ।
 
१. भेनेजुएला (०.०१ डलर अर्थात एक रुपैयाँ आठ पैसा प्रति लिटर)
२. साउदी अरब (०.२४ डलर अर्थात २५ रुपैयाँ ९२ पैसा प्रति लिटर)
३.तुर्किमिनिस्तान (०.२९ डलर अर्थात ३१ रुपैयाँ ३२ पैसा प्रति लिटर)
४.अल्जेरिया (०.३२ डलर अर्थात ३४ रुपैयाँ ५६ पैसा प्रति लिटर)
५. इजिप्ट (०.३५ डलर अर्थात ३७ रुपैयाँ ८० पैसा प्रति लिटर)
 
विश्वका पाँच देश जहाँ सबैभन्दा महँगोमा पेट्रोल पाइन्छ।
 
१. हङकङ (१.९३ डलर अर्थात २०८ रुपैयाँ ४४ पैसा प्रति लिटर)
२. नर्वे (१.८८ डलर अर्थात २०३ रुपैयाँ ४ पैसा प्रति लिटर)
३. आइसल्याण्ड (१.७६ डलर अर्थात १९० रुपैयाँ ८ पैसा प्रति लिटर)
४. ग्रिस (१.६६ डलर अर्थात १७९ रुपैयाँ २८ पैसा प्रति लिटर)
५. नेदरल्याण्ड (१.६६ डलर अर्थात १७९ रुपैयाँ २८ पैसा प्रति लिटर)
 
स्रोत:  बीबीसी हिन्दी तथा ग्लोबल पेट्रोलप्राइस डट कम
 
 
 
 

Tata
GBIME
Nepal Life