एप्पल र सामसङको बजार कब्जापछि चिनियाँ कम्पनीको रणनीति, अब ध्यान ट्याब्लेटतिर

बिजमाण्डू
२०७३ माघ २ गते ०९:२५ | Jan 15, 2017
एप्पल र सामसङको बजार कब्जापछि चिनियाँ कम्पनीको रणनीति, अब ध्यान ट्याब्लेटतिर


अमेरिका। केही वर्षयता स्मार्टफोन प्रयोगकर्ताले एप्पल वा सामसुङका महँगा स्मार्टफोन किन्न आवश्यक नरहेको बुझिसकेका छन्। महँगो मूल्यमा किन्नुभन्दा सस्तोमा नयाँ स्मार्टफोन किन्नु राम्रो हुने उनीहरुले बुझिसकेका छन्।

Tata
GBIME
Nepal Life


एप्पल र सामसङकै सुविधामा चिनियाँ कम्पनीका ओप्पो, वानप्लस, मेइजु तथा साओमी किन्न पाइन्छ त्यो पनि आधा मूल्यमा। चिनियाँ कम्पनीका स्मार्टफोनमा सबै सुविधा मात्रै होइन गुणस्तर पनि राम्रो छ।चिनियाँ कम्पनीले जसरी स्मार्टफोनमा कब्जा जमाएर त्यसैगरी ट्याव्लेटको बजार पनि लिनेगरी उत्पादन थालिसकेका छन्।
 
माइक्रोसफ्ट सर्फेसका ट्यावलेटको बजारमा दबदबा छ। यसपछि हुवावेको मेटवुकले पनि केही बजार हिस्सा लिएको छ।अहिले चिनियाँ बजारमा ट्याव्लेट उत्पादन गर्ने चुवाई चर्चामा छ। अमेरिका भर्खरै सम्पन्न भएको कन्जुमर इलेक्ट्रोनिक्स शोमा चीनको सान्जेन प्रान्तमा रहेको  यो कम्पनीले 'हाई १३' टु इन वान ट्यावलेट सार्वजनिक गरेको छ। यो ट्यावलेट माइक्रोसफ्टले अफर मूल्यमा दिने भन्दा आधा सस्तो हुने र विशेषता माइक्रोसफ्टको भन्दा धेरै छ।
 
१३.५ इन्चको डिस्प्ले रहेको 'हाई १३' ट्यावलेट २६७ पिपिआई को (३०००* २०००) रिजोलुसन डिस्प्ले रहेको छ। चारसय निट्स ब्राइटनेस र शतप्रतिशत आरजिवी कलर कभरेज रहेको यो ट्यावलेटमा इन्टेलको एन ३५४० डबल एपोलो लेक प्रोसेसर छ। यो अहिले चलिरहेको कोर आई ५ र आई ७ प्रोसेसर बराबर हो। यो भन्दा अघिको चुवाईको एडिसन 'हाई १२' मा भने एटम एक्स ५ जेड ८३०० को प्रोसेसर प्रयोग गरेको थियो।

 

चुवाईले 'हाई १३' को मूल्य अहिलेसम्म तय गरिसकेको छैन। कम्पनीले दुईसय ५० डलरमा दिनसक्ने जनाएको छ। चुवाईले पनि माइक्रोसफ्ट विन्डोज १० अपरेटिङ सिस्टम राख्ने जनाएको छ। तर उसले माइक्रोसफ्ट सर्फेसभन्दा धेरै सस्तोमा उक्त ट्याव्लेट दिने जनाएको छ।