काठमाडौं। बैंकिङ प्रणालीमा तरलता अभाव भनिरहेका बेला नेपाल राष्ट्र बैंकले तीन अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ।
अभाव भएको भन्दै राष्ट्र बैंकले ३० अर्बको रिपो जारी गरेको थियो। रिपो जारी गरेको साता दिन नबित्तै राष्ट्र बैंकले तीन अर्ब रुपैयाँ बजारबाट तान्ने सुचना सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले ९१ दिने ट्रेजरी बिलमार्फत तरलता बजारबाट खिंच्न लागेको हो। यद्यपी यो ट्रेजरी बिल नयाँ नभइ पुरानैको रोलओभर हो।
तरलता अभाव भनिरहँदा राष्ट्र बैंकले बैकिङ प्रणालीबाट अचानक किन तान्ने भयो तीन अर्ब तरलता? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।