होण्डा ह्विल अफ फर्च्यून बिजेतालार्इ गरियो पुरस्कृत, दशजनाले पाए १७ लाख रुपैयाँ

बिजमाण्डू
२०७३ पुष २८ गते १५:३५ | Jan 12, 2017

काठमाडौं। नेपालका लागि होण्डा मोटरसाईकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकर ट्रेडिङ कम्पनी प्रा लि ले आफ्नो दशैं/तिहार स्किम 'होण्डा ह्विल अफ फर्च्यून'को बिजेताहरु घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

बिहीबार होण्डाको मुख्य कार्यालय जमलमा भएको ईभेन्टमा लक्की ड्र मार्फत १० जना भाग्यशाली बिजेताहरुले १७ लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्।

उक्त स्किमको अवधिभर होण्डाका सवारी साधन किन्ने ग्राहकले विभिन्न नगद उपहार तथा सुविधाहरु जित्ने अवसर पाएका थिए।  जसमा होण्डा मोटरसाईकलको खरिदमा स्क्रयाच कुपन मार्फत ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुट पाउनुका साथै ५ वर्षको लागि स्पेयर पार्टस् मा १० प्रतिशत छुट तथा पाँच हजार ६ सय रुपैयाँ बराबरको १६ वटा थप फ्रि सर्भिस प्राप्त गर्ने कम्पनीले जनाएको थियो।

होण्डा गाडीको खरिदमा आकर्षक छुट, एक वर्षको सडक कर निशुल्क पाउनुका साथै एक वर्षको बीमा र एसेसाेरिज पनि निशुल्क गरेको थियो। होण्डा ह्विल अफ फर्च्यूनका बिजेताहरुमा अनिल महर्जनले चार लाख रुपैयाँ जितेका छन्। चिनु बस्नेतले तीन लाख रुपैयाँ हात पार्दा, साबित्री थापा र छाेरी महर्जनले दुई/दुई लाख रुपैयाँ जितेका छन्।एक लाख रुपैयाँ जित्नेहरुमा रामचन्द्र कार्की, दुर्गा परियार, ईच्छा रावत, दीपा केसी, लालहरी श्रेष्ठ र निरज श्रेष्ठ रहेका छन्।