३३ केजी सुनले कतिलाई पिरोल्ला? तस्करीमा सघाएको आरोपमा दुई भन्सार अधिकृत पक्राउ




काठमाडौं । ३३ केजी सुन तस्करीमा सहयोग गरेको भन्दै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीलाई पक्राउ गरेको छ।
 
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार विमानस्थलका भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो। सिआइबीको टोलीले मंगलबार बेलुका मात्र काभ्रेको पनौतीबाट दुई जनालाई पक्राउ गरेको थियो।
 
भन्सार विभागका कर्मचारीको मिलोमतो हुन सक्ने भन्दै विभागले बिहीबार नै २९ जना कर्मचारीलाई कामको जिम्मेवारीबाट हटाएको थियो। भन्सार विभागका प्रमुख शिशिर ढुङगानाले विभागका कर्मचारीको तस्करीसँग मिलोमत्तो भएको देखिएमा विभागीयभन्दा उपरको कारबाही गर्न समेत माग गरेका छन्।
 
गएको बिहीवार विमानस्थलबाट ३३ किलो सुन लिएर बाहिरने क्रममा गोपालबहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।


Share this Story

   

३३ केजी सुनले कतिलाई पिरोल्ला? तस्करीमा सघाएको आरोपमा दुई भन्सार अधिकृत पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.