Snickers

उद्योग विभागमा साताको तीन दिन एक घण्टा बस्ने घोषणा उद्योगमन्त्रीको 'स्टन्ट' मात्रै




काठमाडौं।उद्योगमन्त्री नविन्द्रराज जोशीले मंसिर २९ गते घोषणा गरे, म र मेरा राज्यमन्त्री कञ्चनचन्द्र वादे पालो मिलाएर साताको तीनपटक एक घण्टा उद्योग विभागमा बस्छौं।



घोषणा गरेको भोलिपल्ट मंसिर ३० गते र एक पटक मात्रै मन्त्री जोशी विभाग पुगेका थिए

विभागबाट सम्पादन हुने कामका सम्वन्धमा सेवाग्राहीबाट व्यापक गुनासो आएपछि विभागको निरीक्षणको क्रममा उनले यो घोषणा गरेका थिए। मन्त्री जोशी घोषणापछि भोलिपल्टै बिहीबार विभाग पुगे।
 
मंसिर ३० गते पुगेका जोशीले तीन दिनअघि मन्त्रालयका कर्मचारी खटाएर गरिएको 'स्टिङ अपरेशन'मा  उद्योग दर्ता गर्न विभागका कर्मचारीहरुले २५ हजार रुपैयाँ घुस मागेको भन्दै विभागमा जाने क्रमलार्इ तीब्रता दिने प्रतिवद्धता पनि जनाए।

तर उनी आफैले गरेको घोषणा कार्यान्वयन गर्न भने चुके।महिना दिन पुग्न लाग्दा जोशी दुर्इ पटक मात्रै विभाग पुगेका छन्।अझ राज्यमन्त्री वादे एक पटक मात्रै विभाग पुगे।
 
जोशीले विभागमा बस्ने गरेको घोषणा चर्चाका लागि गरेको स्टन्ट मात्रै रहेको सावित भएको छ।चर्चाका लागि विभागमा बस्ने घोषणा गरेका जोशीले कतैबाट  प्रमुख अतिथि बन्ने निम्तो आएपछि रिवन काट्न दौडिहाले।स्टिङ अपरेशनमै २५ हजारको घुस मागेको पार्इएको बताएका जोशीले ती कर्मचारी माथि  गहिरो अध्ययन पनि गरेनन् र  कर्मचारीलार्इ कारवाही पनि गर्न सकेनन्।विभागका कर्मचारी स्वंय समेत उद्योगमन्त्री जोशीलार्इ आलोचना गर्न चुकेनन्।
 
'महिनाभरी नै आउनेकुरा थियो, अहिलेसम्म तीनपटक मन्त्रीहरु आउनुभएको छ उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले भने 'हप्ताको तीनपटक आउने भन्नुभएको थियो तर महिनादिन वित्यो उहाँहरु देखिनुभएन।'
 
जनताका गुनासा धेरै भएपछि मन्त्री आफैं विभाग गएका थिए। उनले घोषणा नै गरेर विभागमा अनिवार्य उपस्थित हुने बताएका थिए।तर मन्त्री जोशीले जिल्लामा भएको महोत्सव र विभिन्न कार्यक्रममा जानुपरेकोले विभाग जान नपाएको बताए। 'मेरो अनुपस्थितीमा राज्यमन्त्रीलाई जान भनेको थिए तर उहाँ जानुभएनछ' उनले भने 'कार्यव्यस्तता कम भएपछि फेरि जान्छु।'
 
मन्त्री जोशीले पहिलेभन्दा अहिले विभागमा काम गर्ने ढाँचा परिवर्तन भएको र सेवाग्राहीले सहजै सेवा पाएको बताए। उनले उद्योग विभागको महानिर्देशकसम्म पुग्नै नपर्नेगरी सेवा दिने प्रणालीको विकास गरेको दाबी गरे।तर अहिलेसम्म विभागमा गएका सेवाग्राहीले सेवामा कुनै परिवर्तन नपाएको बताउँछन्।
 
 
 


Share this Story

   

उद्योग विभागमा साताको तीन दिन एक घण्टा बस्ने घोषणा उद्योगमन्त्रीको 'स्टन्ट' मात्रै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.