सेयर स्थिर तर कारोबार घटेकोघटै, १५ लाख कित्ता किनबेच हुने सेयर साढे चार लाख कित्तामा खुम्चियो

बिजमाण्डू
२०७३ पुष २७ गते १५:३७ | Jan 11, 2017

काठमाडौं। लगातार दुई दिन वढेको शेयर बजारमा बुधबार गिरावट आएको छ। कारोबारको सुरुवाती डेढ घण्टा ३/४ अंकले उकालो लागेको बजार त्यसपछि अर्लिएको हो।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३९  अंकले ओर्लिएको छ। क बर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा भने स्थिर रह्यो। आजको कारोबारमा सेन्सेटिभ इन्डेक्स ३१९.०४ अंकमै बन्द भएको छ।

नेपाली बजारलाई कारोबार रकमले आज पनि सपोर्ट गर्न सकेन। निरन्तर ओरालो लागेको कारोबार रकम झनै निरासाजनक देखिएको छ। गत सोमबार २६ करोडमा खुम्चिएको बजार मंगलबार केहि सुधार देखिएको भएपनि आज पुन झरेको छ। ३६ करोड २५ लाख रुपैयाँको मात्र किनबेच भएको छ।

१५/१६ लाख कित्ता कारोबार हुँदै आएको बजारमा दिनभरीमा चार लख ५६ हजार कित्ता मात्रै कारोबार भएको छ।

उपसुचकहरुको रङ्गरुप मिस्रित देखिएको छ। बैंकिंङ, होटेलमा वृद्धि देखिएको छ भने विकाश बैंक, जलबिद्युत र बिमामा गिरावट आएको छ।  बैंकिङ २.३४ अङ्क, होटेल ७.०७ अङ्कले बढेको छ। विकास बैंक समुहमा ९.०७ अङ्क, जलबिद्युत १२.२५ अङ्क र बिमामा ५०.२३ अंकले झरेको छ।

चार करोड ७४ लाख माथिको कारोबार गर्दै नबिल ब्यालेन्स फन्ड-१ को सबैभन्दा वढि किनबेच भएको छ। दुई करोड ३६ लाख माथिको कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ।

आज सबै भन्दा बढी सहयोगी विकाश बैंकका सेयर धनीले कमाएका छन्। करिब १० प्रतिशतले मूल्य वढेको छ। कम्पनीको मर्जर टुटेपछि बुधबार कारोबार खुलेको हो। कर्णाली विकाश बैंकका सेयरधनीले करिब १० प्रतिसतनै कमाएका छन्।