अन्तत: सुशील ज्ञवाली बर्खास्तिमा परे, पुननिर्माण प्राधिकरणमा पुनः फर्किए गोविन्द पोखरेल

बिजमाण्डू
२०७३ पुष २७ गते १२:४८ | Jan 11, 2017

काठमाडौँ। सरकारले पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ। दुई पटकसम्म सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो।

रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा सरकारले गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

Tata
GBIME
Nepal Life

पोखरेल यसअघि पनि सोही पदमा सुशील कोइरालाको सरकारले नियुक्त गरेको थियो। तर सरकारले विधेयक समयमा पास नगर्दा कामै गर्न नपाई उनको पद यत्तिकै गुमेको थियो। 

सुशील कोइराला सरकारले  दाता सम्मेलन अघि नै हतार हतारमा अध्यादेशमार्फत प्राधिकरण गठन गरेको थियो। त्यसको केही समयपछि मात्रै पोखरेललाई सिइओ नियुक्त गरिएको थियो।

तर अध्यादेश समयमा  पारित गर्न नसक्दा प्राधिकरण भङ्ग भई सिइओको पदसमेत गुमेको थियो।

पोखरेलकै नेतृत्वमा योजना आयोगले भूकम्पपछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) प्रतिवेदन तयार पारेको थियो, जसमा भूकम्पपछिको पुनःनिर्माणका लागि सात खर्ब ७० अर्ब बराबरको आवश्यकता औँल्याएको थियो ।