सहयोगी विकासको सहारासँग मर्जर तोडिएपछि सेयर कारोबार फुकुवा, समायोजित मूल्य ३२४

बिजमाण्डू
२०७३ पुष २७ गते ११:४९ | Jan 11, 2017

काठमाडौं। सहयोगी विकास बैंकको सहारा विकास बैंकसँगको मर्जर प्रक्रिया रद्द भएको छ। मर्जर अबरुद्ध भएपछि सहयोगी बिकास बैंकको शेयर कारोबारमा लगाईएको रोक बुधबारबाट फुकुवा भएको छ।

Tata
GBIME
Nepal Life

२० करोड चुक्ता पूँजी रहेको सहारा विकास बैंकसँग मर्जरमा जान सहयोगीले गत बैशाखमा सम्झौता गरेको थियो।

सहयोगी विकास बैंकले गत आर्थिक बर्षको मुनाफा बाट २२ प्रतिशत बोनस शेयर प्रदान गरेको थियो। नेप्सेले बैंकको बोनस शेयरपछिको समायोजित मूल्य सार्वजनिक गरेको छ। नेप्सेले सहयोगी विकास बैंकको आधार मूल्य (बेस प्राईज) ३३० रुपैयाँ र समायोजित मूल्य ३२४ रुपैयाँ तोकेको छ ।

२५ करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सहयोगी विकास बैंकको बोनस शेयरपछ ३१ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी पुगेको छ। सहयोगी ३ जिल्ले विकास बैंक हो।