काठमाडौं। सगुनले अमेरिकामा ५० करोड रुपैयाँभन्दा बढी लगानी प्रतिवद्धता पाएको छ। अमेरिकी सेक्युरिटिज् तथा एक्सचेन्ज कमिसनमा रेगुलेशन ए प्लस व्यवस्था अन्तर्गत (मिनी आइपिओ) खुल्ला हुनु अगाडि सगुनले लगानी प्रतिवद्धता प्राप्त गरेको हो। उसले मिनी आइपिओका लागि २ अर्वभन्दा बढी लगानी जुटाउने लक्ष्य राखेको थियो।

लगानी प्रस्ताव स्वीकृत भएपछि कम्पनीले आठ लाख ६९ हजार पाँच सय ६४ कित्ता शेयरलाई २३ डलर प्रति कित्तामा बेच्न सक्नेछ। यसमा लगानी गर्नको लागि न्युनतम १३ कित्ता शेयर खरिद गर्नुपर्नेछ जसको कुल मूल्य २९९ डलर हुन्छ। त्यसभन्दा बढी खरिद गर्न चाहनेले भने माग गरेजति प्राप्त गर्न सक्नेछन्। सगुनका संस्थापक गोविन्द गिरीले अमेरिकाको जब्स एक्ट २०१२ को प्रावधान बमोजिम लगानीको सृजना भएकाले यसमा ढुक्क भएर लगानी गर्न आग्रह गरे।
'सामाजिक सञ्जाल कम्पनीमध्ये आर्थिक लाभ दिनेमा हामी पहिला हौं भन्ने हाम्रो विश्वास हो' गिरिले भने 'हालको सामाजिक सञ्जालको अवस्थामा अस्तित्वको लागि आर्थिक लाभ दिने सबभन्दा ठूलो चुनौती रहेको छ।'
सगुनलाई लक्ष्यको २५% भन्दा वढि लगानी प्रतिवद्धता, मिनी आइपिओमा ५० करोडको प्रतिवद्धता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।