नेपाल लाइफको एफपिओ खुल्यो, कम्तिमा १४ हजार २५० रुपैयाँ हाल्नु पर्ने, कहाँ गएर भर्ने?

बिजमाण्डू
२०७३ पुष २७ गते ११:१६ | Jan 11, 2017
नेपाल लाइफको एफपिओ खुल्यो, कम्तिमा १४ हजार २५० रुपैयाँ हाल्नु पर्ने, कहाँ गएर भर्ने?

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ आजबाट निष्काशन गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका सेयरमा १३ सय २५ रुपैयाँ प्रिमियम थपेर १४ सय २५ रुपैयाँका दरले निस्कासन गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीको शेयर मंगलबार शेयर बजारमा प्रतिकित्ता दुई  हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।

एफपिओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४७ करोड ७१ लाख ४२ हजार ९ सय रुपैयाँ पुग्नेछ। नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा माघ २ गतेसम्म आवेदन दिन सकिने छ।  कम्पनीको शेयरका लागि कम्तिमा १० कित्ता र अधिकतम ३० हजार ९६० कित्ताका लागि आवेदन दिन सकिने छ।

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। एफपिओमा सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकका शाखाहरु, लक्ष्मी क्यापिटल, एनआईबिएल क्यापिटल, कृति क्यापिटल, काठमाडौँ क्यापिटल, एस क्यापिटल, सिबिआईएल क्यापिटल, आईसीएफसी फाइनान्स, ग्लोबल आईएमई क्यापिटल, तिनाउ विकास बैंक, पूर्णिमा विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, सेन्ट्रल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र यती डेभलपमेन्ट बैंकलगायत बाट आवेदन दिन सकिनेछ ।