sagoon advert

देशका दुई अञ्चल जहाँ ७९ अर्ब निक्षेप संकलन हुँदा १०३ अर्ब ऋण दिन्छन बैंक, केमा हुन्छ लगानी?




विराटनगर। कर्जा प्रवाहभन्दा निक्षेप सङ्कलनको मात्रा बढी हुनु बैङ्किङ क्षेत्रको आवश्यकता मात्र होइन अनिवार्यता पनि हो। तर पूर्वका मेची र कोशी यस्ता अञ्चल हुन्, जहाँ निक्षेपभन्दा कर्जा प्रवाह बढी छ।
 
मुलुकका अन्य भागका बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाभन्दा निक्षेप सङ्कलन बढी छ तर पूर्वका यी दुई अञ्चलमा त्यसको ठिक उल्टो छ।

नेपाल राष्ट्र बैङ्कले दिएको तथ्याङ्कअनुसार २०७३ असार मसान्त सम्ममा पूर्वका दुई अञ्चलमा गरी ७९.०४ अर्ब निक्षेप सङ्कलन र १०३.०४ अर्ब कर्जा प्रवाह गरिएको छ।

यसअघिको प्रवृत्ति पनि यस्तै थियो । २०७२ असार मसान्त सम्ममा पूर्वका उल्लिखित दुई अञ्चलमा ६३.७६ अर्ब निक्षेप र ८३.०१ अर्ब कर्जा प्रवाह गरिएको थियो।

‘विशेषतः मोरङ, सुनसरी र झापा यी तीन जिल्लामा कर्जा प्रवाह बढी छ’, राष्ट्र बैङ्क विराटनगरका निर्देशक रामु पौडेलले भने, ‘तर पूर्वकै इलाम, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर लगायतका जिल्ला चाहिँ निक्षेप सङ्कलनका मुख्य स्थान हुन्।’

गत असार मसान्तमा मुलुकभरिमा २१ सय अर्बको निक्षेप सङ्कलन र १८ सय अर्बको कर्जा प्रवाह भएको प्रवक्ता नारायण पौडेलले जानकारी दिए।

उद्योग सङ्गठन मोरङका कार्यकारी निर्देशक सोमनाथ अधिकारीका अनुसार मोरङ, सुनसरी र झापामा होटल, कलेज, सपिङ मल, सिनेमा हल, अस्पताल तथा नर्सिङ होम र मेडिकल कलेज लागयतका सेवामूलक व्यवसायमा बढ्दो आकर्षण छ।

यसबाहेक सिमेन्टका उद्योग पनि धमाधम खुल्दैछन्। जुत्ताचप्पल र प्लास्टिकका भाँडाकुँडाका उद्योगमा पनि लगानी थपिएको छ।

Share this Story

   

देशका दुई अञ्चल जहाँ ७९ अर्ब निक्षेप संकलन हुँदा १०३ अर्ब ऋण दिन्छन बैंक, केमा हुन्छ लगानी? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.