अडलटको समस्या दुई सातामा हल गर्दै नेप्से, अडलट कारोबार गर्ने सिस्टम बनाएर परिक्षण सुरु

बिजमाण्डू
२०७३ पुष २६ गते १४:१५ | Jan 10, 2017

काठमाडौं। अडलट कारोबारले बजार प्राकृतिक तवरले चल्न नसकेको गुनासो लगानीकर्ताले लामो समयदेखि गर्दै आएका थिए। अन्ततः नेपाल स्टक एक्सचेन्जले अडलट समस्या समाधान गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

शून्यले भाग नजाने कित्ताको कारोबारपछि लगानीकर्ताको अर्डर सिस्टमबाट नै आउट हुने गर्छ, जसलाई अडलट भनिन्छ।

नेपाल स्टक एक्सचेन्जको आईटी शाखाका अनुसार, अडलट समस्या दुई साताभित्र समाधान हुने छ। नेप्सेका एक उच्च अधिकारीले भने, अडलट समस्या समाधान हुने गरी सिस्टम बनेर परिक्षण पनि भईसकेको छ, अन्तिम तयारीमा छौं, दुई साताभित्र कार्यान्वयनमा आउनेछ।