१० बर्ष सञ्चालन भएका बैंकहरुको संस्थापक शेयर अब साधारण भयो, संसदबाट पारित भयो वाफिया




काठमाडौं।  लामो विवादपछि संसद्ले मंगलबार तथा बित्तीय संस्था सम्वन्धी विधेयक पारित गरेको छ। अब राष्ट्रपतिबाट प्रमाणित भएपछि वाफिया कार्यान्वयनमा आउने छ।

संसद्को अर्थ समितिले परिमार्जन सहितको बैंक तथा बित्तीय संस्था सम्बन्धी विधेयक सोमबार पुनः संसदमा पेश गरेको थियो। संसदमा टेबुल भएको भोलिपल्ट विधेयक पारित भएको हो।

यसअघि समितिले संसद्मा पेश गरेको उक्त विधेयक विवादित भएपछि पुनः छलफलका लागि समितिमा नै फिर्ता भएको थियो।

संसद्को पूर्ण बैठकले गत असार ७ गते विधेयक पुनः छलफलका लागि समितिमा नै पठाएको थियो। विधेयक विवादित भएपछि तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलको प्रस्तावमा संसदले विधेयक समितिमा पठाएको थियो।

वाफियाका बारेमा सांसदहरुले अर्थमन्त्री कृष्णवहादुर महरासँग जिज्ञासा राखेका थिए। उनीहरुको जिज्ञासाको उत्तर दिँदै अर्थमन्त्रीले विधेयक पारित भएपछि बैंक तथा वित्तीय संस्थामाथि जनताको विश्वास थप बढेर जाने बताए। उनले आर्थिक विकासका लागि पनि वाफिया पारित हुन आवश्यक भएको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यसका बारेमा चासो रहेको बताए।

संसदले बैंक तथा बित्तिय संस्थाको सञ्चालकको योग्यता/अयोग्यता, प्रमुख कार्यकारी अधिकृतको कार्यकाल, संस्थापक शेयर साधरण शेयरमा परिणत हुने समयावधि, विधेयकको प्रस्तावनालगायतका विषयमा पुनः छलफल गरी प्रतिबेदन पेश गर्न निर्देशन दिएको थियो।

संसद्को निर्देशन अनुसार समितिले मंसिर ७ गते विधेयक पुनः संसदमा पेश गर्न पारित गरेको थियो। समितिले विभिन्न ९ बुँदामा परिमार्जन गरेको थियो। संवैधानिक पदमा रहेका व्यक्ति बैंक तथा बित्तिय संस्थाको सञ्चालक बन्न नपाउने, दश बर्ष पुगेको संस्थापक शेयर साधरण शेयरमा परिणत गर्न पाउने व्यवस्था छ।

वाफियामा सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको कार्यकालमा सीमा तोकेको छ। बैंक तथा बीमाको सञ्चालक एकै व्यक्ति हुन नपाउने प्रवन्ध पनि समितिले गरेको छ।

Share this Story

   

१० बर्ष सञ्चालन भएका बैंकहरुको संस्थापक शेयर अब साधारण भयो, संसदबाट पारित भयो वाफिया को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.