ब्रोकरको कार्यक्रममा नगएका अर्थमन्त्रीले संसदमा भने - शेयरको विकास नभइ समाजवाद आउँदैन




काठमाडौं। गत शुक्रवार स्टक ब्रोकर एसोसिएसनको साधारणसभाको प्रमुख अतिथिका रुपमा अर्थमन्त्री कृष्णवहादुर महरालाई निम्त्याइएको थियो। अन्तिम समयमा उनले कार्यक्रम रद्द गरे, ब्रोकरको साधारणसभाको उद्घाटन अर्थ समितिका सभापति प्रकाश ज्वालाले गर्नुपर्यो।

महरा मन्त्री भएपछि झनै रफ्तारले बजार झरिरहेको छ। उनी ब्रोकरको कार्यक्रममा नजाँदा कतै पूँजी बजारलाई वेवास्ता पो गरेका हुन् कि भन्न दर्शकदीर्घामा परेको थियो।

तर मंगलबार तिनै अर्थमन्त्रीले बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक पारित हुनुअघि सांसदहरुको प्रश्नको जवाफ दिँदै शेयर बजारका बारेमा केही शब्दहरु खर्चिए।

उनले भने- हाम्रो संविधानमै व्यवस्था छ, समाजवाद उन्मुख अर्थतन्त्र। त्यसैले शेयर बजारलाई प्रोत्साहन नगरी समाजवादमा जान सकिँदैन।

महरा त्यतिमै थामिएनन्। उनले निजी क्षेत्र र शेयर बजारको विकास नगरी समाजवादमा जान नसकिने दोहोर्याए। भने- बजारको विकास गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्छ।

Share this Story

   

ब्रोकरको कार्यक्रममा नगएका अर्थमन्त्रीले संसदमा भने - शेयरको विकास नभइ समाजवाद आउँदैन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.