Snickers

अब लघूवित्त विकास बैंकको कर्जाको ब्याज दर बढिमा १८ प्रतिशत, वढि असुले कारवाहीमा पर्ने




काठमाडौं। अब लघुवित्त विकास बैकहरुले १८ प्रतिशतभन्दा वढि ब्याज लिन नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै लघुवित्त संस्थाहरुको ब्याज दरमा कडाइ गरेको हो।

लघुवित्तले आफ्नो कोष लागत (कस्ट अफ फन्ड) को प्रशासनिक लागत वापत वढिमा चार प्रतिशत बिन्दुसम्म थप गरी कोष तथा प्रशासनिक लागत कायम गर्नु पर्ने हुन्छ। यस कायम भएको दरमा वढिमा सात प्रतिशत बिन्दुसम्म थप गरी कर्जाको ब्याज दर कायम गर्नु पर्छ। यद्यपी यसरी कायम हुने कर्जाको ब्याज दर भने १८ प्रतिशत नाघ्न नहुने व्यवस्था राष्ट्र बैकले गरेको छ।

अहिले कसैले १८ प्रतिशतभन्दा माथि ब्याज दर लिएको भने २०७४ असारभित्र त्यसलाई झारिसक्नु पर्ने निर्देशनमा उल्लेख छ।

Share this Story

   

अब लघूवित्त विकास बैंकको कर्जाको ब्याज दर बढिमा १८ प्रतिशत, वढि असुले कारवाहीमा पर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.