Snickers

पुनर्कर्जाको समय बढ्यो रकम घट्यो, ८० प्रतिशतको कर्जा सीमा २५ प्रतिशतमा झार्यो राष्ट्र बैंकले




काठमाडौं। नेपाल राष्ट्र बैंकले पुनर्कर्जा सुविधामा नयाँ व्यवस्था गरेको छ। अबदेखि पुनर्कर्जा एक बर्ष अवधिको पाइने छ।

नयाँ राष्ट्र बैंक ऐन आएपछि ६ महिनाको अवधिलाई एक बर्ष पुर्याइएको हो। कर्जा सीमा भने घटाइएको छ।

राष्ट्र बैंकले प्राथमिक पूँजीको अधिकतम २५ प्रतिशत मात्र पुनर्कर्जा लिन पाइने व्यवस्था गरेको छ। यसअघि सीमा ८० प्रतिशत थियो।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बैक तथा वित्तीय संस्थाको पूँजी २०७४ असार मसान्तबाट चार गुणाले बढेका कारण कर्जा सीमालाई त्यसै अनुसार समायोजन गर्न २५ प्रतिशतमा झारिएको जानकारी दिए।

राष्ट्र बैंकले बाणिज्य बैंकहरुको दुई अर्बको पूँजीलाई ८ अर्ब, विकास बैंकहरुको ६४ करोडको पूँजीलाई २५० करोड र फाइनान्स कम्पनीको २० करोडको पूँजीलाई ८० करोड रुपैयाँ पुर्याएको छ।


Share this Story

   

पुनर्कर्जाको समय बढ्यो रकम घट्यो, ८० प्रतिशतको कर्जा सीमा २५ प्रतिशतमा झार्यो राष्ट्र बैंकले को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.