फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको शेयर माघ ९ गतेदेखि, इक्राले दियो चार प्लसको प्रमाणपत्र




काठमाडौं। फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले साधारण शेयर निष्काशन गर्ने भएको छ। माइक्रोफ़ाईनान्सले सय रुपैयाँ अंकित दरका ६ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो।

संस्थाले ३० हजार कित्ता शेयर कर्मचारी, ३० हजार कित्ता म्युचुअल फण्ड र  ५ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलार्इ छुट्टयाएको छ।सर्वसाधरणले माघ ९ गते देखी आबेदन दिन सक्ने छन्। 
 
निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट रहको  छ।शेयर छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गते निष्काशन बन्द हुने नबिल क्यापिटलले जनाएको छ।   दुवही सुनसरी प्रधान कार्यालय रहेको फरवार्ड कम्युनिटी माइक्रोफ़ाईनान्स वित्तीय संस्थाले २०६९ सालमा नेपाल राष्ट्र बैंकबाट 'घ' बर्गको वित्तीय संस्थाको रुपमा कारोबार गर्ने अनुमती प्राप्त गरेको थियो।

१४ करोड चुक्ता पूँजी रहेको कम्पनीले गत बर्ष १७ करोड ७७ लाख रुपैयाँ मुनाफा कमाएको थियो। नेटवर्थ ३५० रुपैयाँ रहेको कम्पनीको प्रति शेयर आम्दानी १२६.९५ रुपैयाँ रहेको छ। ईक्रा नेपाल लिमिटेडले फरवार्ड कम्युनिटीलाई आइपिओ ग्रेड ४ प्लशको  प्रमाण पत्र दिएको छ। 
 

Share this Story

   

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको शेयर माघ ९ गतेदेखि, इक्राले दियो चार प्लसको प्रमाणपत्र को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.