गैरआवासीय नेपाली संघका निर्वतमान अध्यक्ष जीवा लामिछानेको अर्ब लगानीमा होटल आउँदै

बिजमाण्डू
२०७३ पुष २६ गते १०:५७ | Jan 10, 2017
गैरआवासीय नेपाली संघका निर्वतमान अध्यक्ष जीवा लामिछानेको अर्ब लगानीमा होटल आउँदै
काठमाडौं।गैरआवासीय नेपाली संघका निर्वतमान अध्यक्ष जीवा लामिछाने नेपालमा हस्पिटालिटी क्षेत्रमा हात हालेका छन्।उनले एक अर्बको लगानीमा धुम्वाराहीमा चार तारेसरहको होटल निर्माण गरिरहेका छन्।

Tata
GBIME
Nepal Life

होटल अकामा नाम दिइएको होटलमा दुर्इ सय बेड छन्। दुई सय बेडको यो होटल ६ महिनाभित्र संचालनमा ल्याउनेगरी निर्माणलार्इ तीब्रता दिइएको छ। नेपालमा बैंक,जलविद्युत,संचार लगायतका क्षेत्रमा लगानी गरिरहेका लामिछानेको नेपालमा होटलमा लगानी भने पहिलो हो।यूरोपेली मुलुकमा भने उनको होटलमा ठूलो लगानी छ।

होटलमा उनी वाहेक सानिमा हाइड्रोपावरका संचालक अरुणकुमार ओझा लगायतका नौं जना साझेदार छन्।लामिछाने र गैरआवासीय नेपाली संघका महासचिव कुमार पन्तले जर्मनीको फ्याङफ्रटमा स्कार्इलाइन, एभरेष्ट,गोथे होस्टल हफ लगायतका होटल छन्।होटल ८ रोपनी क्षेत्रफलमा फैलिएको छ। होटल चक्रपथबाट ५० मिटरभित्र धुम्बाराहीमा छ।
 


दुई वर्ष अघि निर्माण सुरु गरिएको होटल भूकम्प र नाकाबन्दीका कारण संचालनमा आउन ढिलार्इ भएको हो। भूकम्प र नाकाबन्दीअघि यही वर्षभित्रै होटल संचालनमा ल्याउने टार्गेट बनाइएको थियो।

अब भने होटल अर्को वर्षको असारभित्र संचालनमा आउनेछ।होटलका लेखा म्यानेजर प्रधुम्न नेपालले वाहिर परम्परागत शैली भएको अत्याधुनिक सुविधाको होटल हुने बताए।उनका अनुसार साढे १२ तला अग्लो दुर्इवटा भवनमा दुई तला सम्म पार्किङको व्यवस्था गरिएको छ।
 


चार पांग्रे र दुई पांग्रे गरी डेढ सय सवारी एक साथ पार्किङ गर्ने मिल्ने छ। होटलमा पाँच सय जना क्षमताको एउटा हल, ८० सिट क्षमताको रेष्टुरेन्ट हुने उनले बताए।


होटलमा स्विमिङ पूल, जीम, साउना, लगायत सुविधा छन्। होटल स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी निर्माण भैरहेको उनले बताए।होटलले सुरुमा ६५ जनालाई रोजगारी दिने लक्ष्य लिएको छ।