Snickers

सर्वसाधारणलार्इ शेयर बुझाउँदै धिताेपत्र बाेर्ड, तनहुँ, बाग्लुङ र म्याग्दीमा सचेतना कार्यक्रम




काठमाडाैं। नेपाल धितोपत्र बोर्डले तनहुँ, बाग्लुङ र म्याग्दीमा सचेतना अभियान चलाएकाे छ ।

सर्वसाधारणलार्इ शेयरका विषयमा जानकारी दिन बाेर्डले ती जिल्लाहरूमा कार्यक्रम गरेकाे जनाएकाे छ । शेयरकाे विषयमा अझै पनि अाम नागरिकमा पर्याप्त जानकारी पुगिसकेकाे छैन । 
राजधानी केन्द्रित शेयर बजारका बारेमा जिल्लाका सर्वसाधारणलार्इ समेत पर्याप्त जानकारी हाेस् भन्नाका लागि बाेर्डले हरेक वर्ष  बिभिन्न जिल्लामा कार्यक्रम गर्ने गरेकाे छ । यसै अनुसार बाेर्डले यसपटक तनहुँ, म्याग्दी र बाग्लुङमा सचेतना कार्यक्रम गरेकाे बाेर्डका सहायक प्रवक्ता निरन्जय घिमिरेले बताए ।
अाज बाग्लुङको कालीगण्डकी कलेजमा  भएकाे कार्यक्रममा विद्यार्थी र  सर्वसाधारणकाे पनि उल्लेख्य उपस्थिती रहेकाे बताइएकाे छ ।   यस्तै अाइतबार तनहुँकाे दमौलीमा रहेकाे आदिकवि भानुभक्त कलेजमा ब्यवस्थापन संकायका स्नातक तहका विद्यार्थीहरूले शेयरका विषयमा तालिम लिएका थिए । तालिममा १ सय ५० भन्दा बढी बिद्यार्थीले भाग लिएकाे पनि घिमिरेले जानकारी दिए । 
बाेर्डले भोलि म्याग्दीमा कार्यक्रम आयोजना गर्ने जनाएकाे छ ।  

Share this Story

   

सर्वसाधारणलार्इ शेयर बुझाउँदै धिताेपत्र बाेर्ड, तनहुँ, बाग्लुङ र म्याग्दीमा सचेतना कार्यक्रम को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.