Snickers

दोहोरो अंकले बजार बढ्दा 'चलखेल' देखे लगानीकर्ताले, साढे २६ करोड पनि नाघेन शेयर किनबेच




काठमाडौं। दोहोरो अंकले बढेको शेयर बजारप्रति लगानीकर्ता भने ससंकित देखिएका छन्। 'चलखेल' मा बढाउन खोजिएको शंङ्का गर्दै लगानीकर्ताहरु बजार बढ्दासमेत उत्साहित भएनन्।

लगानीकर्ताहरु शंकालु भइदिँदा दिनभरीमा कारोबार साढे २६ करोड रुपैयाँ पनि नाघेन। शेयर बजार सूचक भने ११.५२ अंकले उक्लिएर बन्द भयो।

'बजार बढ्दा पनि लगानीकर्तामा उत्साह देखिएन' एक शेयर ब्रोकरले भने, 'चलखेल भएको हो कि भन्ने शंङ्काले कारोबार गर्न रुचि देखाएनन्।' दिनभरीमा ११७ कम्पनीको २६ करोड ४५ लाख रुपैयाँको किनबेच भएको छ।
 
सबैभन्दा बढी रकमको कारोबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भएको छ। कम्पनीको दुई करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कुमारी बैंकको एक करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भयो।

दोहाेरो अंकले बढेको बजारमा कर्णाली विकास बैंक लिमिटेड र एनबि इन्स्योरेन्स मुल्य करिब १० प्रतिशतले बढ्यो। हिजो पनि यी कम्पनीको मूल्य सबैभन्दा बढी बढेको थियो।

एकिकृत कारोबार थालेपछि शेयर किनबेच खुलेको महालक्ष्मी विकास बैंकको मूल्य करिब १० प्रतिशतले घट्यो। होटल र विकास बैंक उपसूचक घटेको छ भने बिमा, हाइड्रोपावर, वित्तीय, इन्स्योरेन्स र अन्य उपसूचक उकालो लागे।

स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अञ्जनराज पौडेले भने 'सूचक बढ्नु र कारोबार रकम घट्नु बजारकालागि सकारात्मक होइन।'

उनले एफपिओ र अाईपिओमा धेरै पैसा होल्ड भएकाले पनि बजार प्रभावित भएको बताए।

Share this Story

   

दोहोरो अंकले बजार बढ्दा 'चलखेल' देखे लगानीकर्ताले, साढे २६ करोड पनि नाघेन शेयर किनबेच को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.