काठमाडौं। एभरेष्ट बैंकले पशुपतिनाथ मन्दिरमा रहेको वृद्ध आश्रममा जाडोको न्यानो कपडा वितरण गरेको छ।
मन्दिर परिसरमा कार्यक्रम आयोजना गरी पञ्जाव नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम एस साङ्पुरे र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डन तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले कपडा बाँडेका हुन्।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वा गर्दै कपडा वाँडेको हो। बैंकका ६१ शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन केन्द्र र ८६ एटिएम छन्।
पञ्जाव नेशनल बैंकका कार्यकारी निर्देशक किन पुगे पशुपति वृद्धाश्रम, एभरेष्टका सिइओ पनि पुगे को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।